Logo

Student Corner

अनुशासन

Written by: Remon Sangat - 25012, Grade IX

Posted on: 16 September, 2021

हरेक मानिसमा हुनुपर्ने
सबै मानिसमा हुनुपर्ने,
विद्यार्थी या मजदुर नै किन नहोस्,
हुनुपर्ने सबैमा अनुशासन नै अनुशासन

मानिसको हरेक काममा
आनुशासन नै चाहिने,
विद्यार्थीको हरेक चालमा
अनुशासन नै महत्त्वपूर्ण हुने,

सबै मानिसको सफलतामा
अनुशासनको साथ छ,
विद्यार्थीको मान पछाडि
अनुशासन विराजमान छ ।

अनुशासनको साथविना गर्न सकिँदैन काम
अनुशासित भएर नै चलेको छ सृष्टि
अनुशासन नै हाम्रो जीवनको साथी
पालन गरौँ यसलाई पुराउँछ माथि