Logo

Student Corner

ल्यापटप

Written by: Aaniya Poudel - 27002, Grade VII

Posted on: 16 September, 2021

( लकडाउन खुलेपछि स्कुल पनि फेरि खुलेको छ । स्कुलबाट घर जाँदा तीन साथी सीमा, राम र विपुल कम्प्यूटरको बारेमा कुरा गर्दै छन् ।  ल अब उनीहरूको कुराकानी सुनौँ है त)

सीमा: लकडाउनमा कम्प्युरले हामीलाई धेरै सहयोग गर्‍याे  नि  है ।
विपुल: होनी यहीँ ल्यापटकले गर्दा हामीले घरबाटै पढ्न सक्यौँ ।
राम: यति मात्र हो र, हामीले ल्यापटपको  सही  फाइदा  पनि सिक्यौँ । हामीले यसको उपयोग पनि सिक्यौँ । होइन त  ?
विपुल: हो नि  हामीले नेपाली टाइपिङ् पनि सिक्यौँ  । 
सीमा: लकडाउनमा ल्यापटप हाम्रो साथी बनको थियो । यसले गर्दा हामीले हाम्रो कक्षा पनि राम्ररी लियाैँ । गृहकार्य पनि गरेर पठायाैँ ।
राम : यसमा हामीले इमेल कसरी पढाइन्छ भनेर पनि  सिक्यौं । हामीले यसमा पढ्न लायक एपको बारेमा पनि सिक्यौँ ।
विपुल : कम्प्युटरले  गर्दा मानिसहरू घरबाटै काम गर्न सक्छन् ।
राम : वैज्ञानिकहरूले गर्दा ल्यापटको आविष्कार भएको हो । जुन यो लकडाउनमा धेरै काम आएको छ । यो नभएको भए हामीले पढ्न  नै सक्दैनथ्यौँ  ।
 सीमा : अहिलेको समयमा ल्यापटप सबैलाई चाहिने सामान भइसक्यो । ल्यापटपले गर्दा हामी विश्वकाे  नक्सा हेर्न सक्छौँ । थरिथरिका  ठाउँहरूको बारेमा जान्न र चिन्न सक्छौँ । यति मात्र होइन हामीलाई कतै जानु छ भने हामीले ल्यापटप को सहयोगले हामी त्यो ठाउँ पत्ता लगाउन सक्छौँ ।
विपुल : ल्यापटपको महत्त्व लकडाउनमा धेरै छ । ल्यापटपबिना घरमा काम हुनै सक्दैन थियो । हामीले ल्यापटपको सही महत्त्व लकडाउनमा बुझेका छाैँ ।
 सीमा : हो नि  पहिले हामी ल्यापटपमा भिडियो मात्र हेथ्यौ तर लकडाउनमा हामीले पढ्न पनि सिक्यौँ  । सुरुसुरुमा हामीलाई गाह्राे भो तर पछि हामीलाई लगभग एक वर्ष चलाउँदा सजिलो भयो होइन त ।
राम : हो, नि  यही साधनले हाम्रो काम सजिलो पार्‍याे  ।

( तिनै जनाको  घर आइपुग्न लाग्यो तीनै जना आ-आफ्ना  घरतिर लाग्छन् )