Logo

Student Corner

हाम्रो देश

Written by: Prisha Acharya - 29040, Grade V

Posted on: 16 September, 2021

हाम्रो देशको नाम नेपाल हो । मलाई मेरो देश मनपर्छ | हाम्रो देश क्षेत्रफलका हिसाबले सानाे छ तर धार्मिक,भाषिक र जातीय विविधता भएकाे देश हाे ।  हाम्रो देश हरिया पहाडहरू, वनजङ्गल र सेता हिमालले सजिएकाे छ ।  घरहरू साना ठुला हाेलान् तर मनले धनी यहाँका मानिसहरू छन् ।हाम्रो देशमा हावा पानीको कमि हुँदैन | नेपालमा धेरै चाडपर्व मनाउने हाम्राे देशमा सबैका चाडपर्वलाई उत्तिकै महत्व दिएर मिलिजुली मनाइन्छ । मन्दिरै मन्दिरकाे शहर भनेर, सर्वाेच्च शिखर सगरमाथाकाे देश भनेर, बहुजाति,बहुभाषा भएर पनि एकतामा रहेकाे देश भनेर विश्वमा चिनिएकाे छ । कृषिमा धेरै जनसङ्ख्या लागेका भए तापनि जागिर, व्यापार इत्यादि पेसा यहाँका मानिसहरूले अपनाएका छन् ।