Logo

Student Corner

एलिनाको सपना

Written by: Aadhya Shri Poudel - 30001, Grade IV

Posted on: 16 September, 2021

धेरै वर्ष अगाडि एउटा मुक्ति नाम गरेको देश थियो । जहाँ सुनवासा नाम गरेको ठूलो शहर थियो । त्यस सहरबाट केही टाढा उत्तरपट्टि गुमनाम नामको सानो राज्य थियो । जुन राज्यमा एक रिना नाम गरेकी जादुगर बस्दथी । उसको एलिना नाम गरेकी छोरी पनि थिइन् । एलिनाले आफ्नो आमाबाट विभिन्न जादुका कलाहरु सिक्ने गर्दथिन् । साथै एलिना धेरै भन्दा धेरै किताब पढ्ने गर्दथिन् । उनले आफ्नो फुर्सदको समयमा आमाले आविष्कार गरेको सारा संसार हेर्न सकिने अहिलेको युट्युव जस्तैमा विभिन्न विषयहरु हेरेर बस्ने गर्दथिन् । उनले त्यस युट्युव जस्तै(उपकरण) मा आफ्नो कथाहरु पनि बनाएर राखेकी थिइन् । उनले सारा संसारलाई आफ्नो कब्जामा ल्याउनु पर्छ भन्ने सोच राखेकी थिइन् । 
एक दिन एलिनाले आफ्नो आमाबाट जादुहरु सिक्ने क्रममा आमाले एलिनाको मनमा रहेको विषय थाहा पाइन् । एलिनामा सारा संसारमा आफ्नो अधिनमा राख्ने, दुःख दिने तथा दुष्ट प्रवृत्ति बढी रहेको उनकी आमाले थाहा पाइन् ।
रिनालाई निकै चिन्ता लाग्यो । आफ्नो छोरीले सानो उमेरमा यति धेरै नराम्रो सोच कसरी राख्न सम्भव भयो भनेर । त्यसपछि रिनाले त्यो विषय पत्ता लगाउन खोजिन् । एक दिन एलिनालाई जादु सिकाउने उदेश्यले हिप्नोटाइज गरेर एलिनाले सपनामा कस्तो कुरा देख्छिन्, उनको दिमागमा नकारात्मक विचारहरु रहेको पत्ता लगाइन् । 
उनको यस्तो सपना आउनुको कारण उनले पढ्ने किताब र हेर्ने दृष्यहरुले आएको रिनाले पत्ता लगाइसकेपछि छोरीलाई राम्रो र सकारात्मक कुराहरु दिमागमा रहोस्,  उनले सिकेका जादुहरु सबै मानिसहरुको राम्रोको लागि काम लागोस् भन्ने सोचिन् । त्यसपछि रिनाले सम्माेहन (हिप्नोटाइज) गरेर एलिनाको दिमागमा भएका सबै नराम्रा विषयहरुलाई हटाइदिइन् र नकारात्मक सोच आउनै नदिने बनाइदिइन् । त्यसको केही समयपछि एलिना फुर्तिसाथ उठिन् । उनको मनमा राम्रा विचारहरु पलाइरहेका थिए । त्यसपछि त्यस विषय रिनाले थाहा पाएपछि दुबै आमाछोरीले आफुले जानेको जादुबाट सबै जनाको भलोको लागि काम गर्न थाले ।