Logo

Student Corner

साथी हामी

Written by: Prakarsha Tabdar - 25010, Grade IX

Posted on: 15 September, 2021

तिमी मेरो मित्र तिमी हौ सबै कुरा
हुँदैनन् तिमीविना मेरा इच्छा पूरा,
मद्दत गर्छौ तिमी मलाई चाहिएको बेला
गर्छौं मिलेर समस्याको हल भएर भेला ।

जुनै पनि काम गर्दा गर्छौँ हामी सँगै
जता सुकै गए पनि जान्छौँ हामी सँंगै,
छाडेर नजाऊ कहिले तिमी मलाई
म पनि छोडेर जाँदिन कहिले तिमीलाई ।

तिमीविनाको जिन्दगी यस्तो लाग्छ मलाई
 पानीविनाको माछो जस्तो लाग्छ मलाई,
बादलविनाको आकाश जस्तो लाग्छ मलाई
दिनविनाको रात जस्तो लाग्छ मलाई ।

साथी भनेको त साथ दिने हो,
दुःख पर्दा काँध थापिदिने हो ।
गरौँ है सहयोग एकले अर्कालाई,
रहिरहोस् यस्तै सम्बन्ध सधैँ ,
राहेरहोस् यस्तै सम्बन्ध सधैँ भरिलाई ।