Logo

Student Corner

गठेमङ्गल

Written by: Shreeda Risal - 29031, Grade V

Posted on: 15 September, 2021

साउनकाे कृष्ण त्रयाेदशीका दिन गठेमङ्गलकाे जात्रा काठमाडाैँ उपत्यकामा विशेष गरी नेवारी समुदायले मनाउँछन् । भूतप्रेत नलागाेस भनेर याे दिन फलामे औँठी लगाइन्छ । घन्टाकर्ण भन्ने राक्षसले दुःख नदियाेस भनेर पनि औँठी लगाइन्छ । मानिसहरू मिठाेमिठाे खानेकुरा बनाउँछन् र भाेज गर्छन् । बच्चाहरू घन्टाकर्णकाे मूर्ति परालबाट बनाएर त्यसकाे कानमा  घन्ट झुन्ड्याइदिन्छन् । यसाे गर्दा त्यसले आफूलाइ दुःख नदिने जनविश्वस छ ।