Logo

Student Corner

हे प्रतिबिम्ब !

Written by: Arunesh Manandhar - 23011, Grade XI

Posted on: 09 August, 2021

नदीको गड्गडाहट बनूँ कि
बनूँ म तलाउको स्थिर पानी ?
हावाको शीतल झोका बनूँ कि
बनूँ म आँधीको चर्को वेग ?
मन्दिरको देउता बनूँ कि
बनूँ म कुनै बालुवाभित्रको पत्थर ?
कोलाहलले भरिएकाे भिड बनूँ कि
बनूँ म शून्यताभित्रको शून्य ?
तँ देखिने दिनको घाम बनूँ कि
आफू देखिने रातको टोलाउने जून ?
तैँले देखाएको तँ बनूँ या
आफूले पाएको म बनूँ ?
तँ आफैँ भन् म के बनूँ ?
तँ आफैँ भन् म के बनूँ ?