Logo

Student Corner

एन. बी. ए. २०२०-२१

Written by: Adhit Upadhyay - 22003, Grade XII

Posted on: 26 July, 2021

बास्केटबल संसारभरि फैलिएको र संसारभरि धेरै मात्रामा खेलिने एक रोमाञ्चक खेल हो ।  यो खेललाई सन्  १८९१ मा जमेस नैस्मिथ नामक मानिसले बनाएका थिए । यो खेलमा २ टिम एक आपसमा प्रतिस्पर्धा गर्दछन् । दुवै टिमबाट ५/५ जना गरी मैदानमा १० खेलाडीहरू हुन्छन् । यो खेल पहिलो, दाेस्रो, तेस्राे र चाैथाे क्वार्टर गरी ४ वटा क्वार्टरमा बाँडिएको हुन्छ । यो खेल संसारको ७ औँ श्रेणीमा पर्दछ ।  
 
 एन. बी. ए. (नेसनल बास्केटबल असोसिएसन) चर्चित बास्केटबल लिग हो । यो लिग सन् १९४६ जुन ६ मा न्युयोर्क भन्ने सहरबाट सुरु भएको थियो । यो लिग आजभन्दा ७५ वर्षअगाडि नै बनेको हो । यो लिगमा ३० ओटा टिम रहेका छन् र तिसमध्ये २९ ओटा युनाइटेड स्टेट्स्‌बाट छन् भने एउटा चाहिँ क्यानडाबाट । 

एन. बी. ए. २०२०-२१ अहिले सम्मको ७५ औँ सिजन थियो । ३० ओटा टिममध्ये १६ ओटा टिम प्लेअफबाट आएका थिए । ८ ओटा टिम इस्टर्न कन्फेरेन्स् र  अरू ८ टिम वेस्टर्न कन्फेरेन्स्‌बाट आएका थिए । इस्टर्नबाट अरू टिमलाई हराउँदै मिलवाकी बक्स् र एट्लान्टा हक्स सेमिफाइनलमा पुगेका थिए । त्यसैगरी वेस्टर्नबाट अरू टिममाथि विजय हासिल गर्दै लस एन्जलस क्लिपर्स् र फिनिक्स सन सेमिफाइनलमा पुगेका थिए । 

बक्स् र हक्सको खेलमा बक्स्‌ हक्सलाई पराजित गर्दै इस्टर्न कन्फेरेन्स्‌बाट फाइनलमा पुगेको थियो । त्यसैगरी वेस्टन कन्फेरेन्स्‌का दुई टिमबाट लस एन्जलस क्लिपर्सलाई हराउँदै फिनिक्स सन फाइनलमा पुगेकाे थियाे । यी दुई टिमबिच भएको कडा प्रतिस्पर्धापछि फिनिक्स सनलाई हराउँदै  मिलवाकी बक्स् एन. बी. ए. २०२०-२१ काे विजेता टिम बन्याे । ५० वर्षपछि मिलवाकी बक्स्‌ले यो साल एन. बी. ए.को कप उठाएको हो ।