Logo

Student Corner

अर्जेन्टिनाको कोपा अमेरिकाको यात्रा

Written by: Aashutosh Pudasaini - 22002, Grade XI

Posted on: 21 July, 2021

यस पटकको सत्चालिसौँ कोपा अमेरिकाको आयोजना अर्जेन्टिना र काेलम्बियामा गर्न लागिएको थियो तर कोरोना भाइरसको सङ्क्रमणका कारण कोपा अमेरिकाको आयोजना अर्जेन्टिना र काेलम्बियामा गर्ने तयारी भएको भए पनि अन्तिम समयमा ब्राजिलमा गरिएकाे थियो । यस पटकको प्रतिस्पर्धामा १० वटा टिमहरूले भिडन्त गरेका थिए । १० टिमलाई दुइवटा समूहमा विभाजन गरिएकाे थियो, जसमध्ये टिम ‘ए’ मा उरुग्वे, पाराग्वे, चिली, बोलिभिया र अर्जेन्टिना थिए भने टिम ‘बी’ मा ब्राजिल, पेरु, काेलम्बिया, इक्वेडर र भेनेजुएला रहेका थिए । समूह चरणका खेलमा तीन खेल जित्दै र एक खेल बराबरी गर्दै अर्जेन्टिनाले समूह चरण पार गरेको थियो ।
जुलाई चारमा भएको खेलमा रोड्रिगाे डि पल, लौटारो मार्टिनेज र मेसीले गोल गरेका थिए । जुलाई सात तारिखमा भएको सेमी फाइनल खेलमा पनि अर्जेन्टिनाले काेलम्बियालाई निर्धारित समयको खेल एक एकको बराबरी भएपछि पेनाल्टीमा हराएको थियो । याे खेलमा अर्जेन्टिनाका गोल किपर इमी मार्टिनेजले काेलम्बियाका तीन प्रहारलाई गोल हुनबाट बचाएका थिए । प्रतिस्पर्धात्मक खेलमा मुस्किलले काेलम्बियालाई हराएको अर्जेन्टिनाले फाइनल खेल ब्राजिलसँग खेलेको थियो । ब्राजिलसँगको फाइनल खेलमा खेलको बाइसौँ मिनेटमा एन्जल डिमारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यही गोल नै निर्णायक गोल साबित हुँदा आफ्नै भूमिमा ब्राजिल पराजित हुन पुग्यो । यो जितसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पहिलो पटक देशका लागि ट्रफी उचाले । ट्रफी जित्नुका साथै अर्जेन्टिनाका कप्तान मेसीले सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गाेलकर्ताको ट्रफी पनि जितेका थिए ।
मेसीकै नेतृत्वमा सन् २०१५ र सन् २०१६ मा फाइनलमा पुगेको भए पनि पेनाल्टी सुट आउटमा चिलीसँग अर्जेन्टिना पराजित हुन पुगेको थियो । क्लब फुटबलमा सफल भएका मेसीले राष्ट्रको लागि कुनै उपाधि पनि जित्न नसक्दा मेसीको आलोचना पनि हुने गरेको थियो तर यस वर्षको कोपा अमेरिकाको कप उचालेसँगै मेसीले आलोचकहरूको मुखमा बुझाे लगाइदिएका छन् ।