Logo

Student Corner

सहरिया केटाको दैनिक जीवन

Written by: Samyam Shrestha - 22012, Grade XII

Posted on: 15 July, 2021

सहरिया केटो रामशरणको जीवनमा धेरै केही थिएन । रामशरण जीवन चलाउन दिनभर अरू मान्छेजस्तै सिकार गर्न जान्थ्यो । उसले कमाइ जनावरहरूको मासु बेच्ने र महत्त्वपूर्ण भागहरू अरूलाई बेच्ने कामबाट गर्थ्यो । रामशरणको पहिलादेखिको पारिवारिक व्यवसाय हो याे तर ऊ कमजाेर भएका कारण उसलाई यो काम मन पर्दैनथ्यो । उसको जीवन हरेक समय जोखिममा हुन्थ्याे । यस्तो काम देखेर ऊ जहिले चिन्तित हुन्थ्याे ।

"के गर्ने हो, यसरी कसरी जीवन बिताउने हो ? मसँग केही क्षमताहरू भएकाे भए अरू बलिया काम गरेर खान्थेँ तर प्रकृतिकले मेरो साथ दिएन ।"

केही समयपछि उसले मानिसहरूको एउटा समूह एउटा ठुलो झोला बाेकेर काेही नबस्ने घरतिर गएको देख्यो। उसलाईलाई यी मान्छेहरू चोरहरू हुन् भनेर शङ्का लाग्न थाल्यो । उसलाई ती मानिसहरू के गर्दै थिए जान्न मन लग्यो र उसले एउटा हतियार सँगै लगेको थियो तर ऊ फर्कँदासम्म त्यो समूहका काेही मान्छेहरू त्यहाँ थिएनन् । उसलाई यो समय उत्तम लग्यो र झोलाभित्र हेर्न खोज्यो । उसले झोलामा एउटा अज्ञात जातिकी केटी
भेट्यो । जब उसले त्यो मान्छेलाई छुटाउन थाल्यो, ऊ ती चोरहरूको टोलीको पाइलाको आवाज सुनेर सतर्क भयो । उसले त्यो केटीलाई बोकेर घरको पछाडिको बाटोबाट भाग्न सुरु गर्यो । चोरहरू घरभित्र पसेपछि केटी झोलाबाट हराएकी देखेर अति अचम्मित भए ।

रामशरण कुद्दै जङ्गलतिर लाग्यो । त्यो जङ्गल धेरै घना थियो । चोरहरू तिनीहरूलाई खोज्दै जङ्गलभित्र पनि गए । उसले आफू र त्यो केटीलाई गुफाभित्र लग्याे र चोरहरूबाट लुक्याे ।
चोरहरूमध्ये एउटा चोरले भन्यो, "पुराना कथाहरूअनुसार यस जङ्गलमा धेरैजना मान्छे बचेका छैनन् । यसकाे धेरै चर्चा देशभरि चलेको थियो । एक दिन राजाका सेनाहरू यो ठाउँलाई अन्वेषण गर्न यस जङ्गलमा आएका थिए । पछि मानिसहरूले भनेअनुसार काेही पनि सेनापति त्यो जङ्गलबाट निस्केन ।” यो सुनेर तिनीहरूको जिउ सिरिङ्ग भयो र सकेसम्म चाँडो त्यो ठाउँबाट निस्किन सके हुन्थ्याे भन्ने सोचाइ थियो ।

डरले काँपिरहेका चोरहरू जङ्गलबाहिर जाने बाटो खोज्न थाले तर त्यो फर्किँदा गहिरो कुइरोले पुरै जङ्गलले भरिएको थियो । केही समयपछि  त्यो ठाउँ पुरै कुहिरोले भरिएको थियो । उनीहरू एकअर्कालाई राम्ररी देख्न नि सक्दैनथे । सबैजना डरले काँप्दै थिए । सबैजना एकअर्कालाई दोष दिन थाले । रामशरणले उक्त केटीलाई उठाउने धेरै प्रयास गर्यो तर त्यो चोरले हालेको क्लोरोफार्म अति नै कडा थियो त्यसैले ती केटी पूर्ण रूपमा उठ्न सकिनन् । केही दिन बितिसक्यो तर पनि ५ मिनेट मात्र बितेको जस्तै थियो । रामशरणलाई पनि यो देखेर अचम्म लग्यो । उसले सोच्यो, "५ दिन भइसक्यो तर किन ५ मिनेट गएको जस्तै भएको ? रात नै पर्दैन, घामको अलि अलि मात्र किरण देखिन्छ । अब खानेकुराको अवस्था कमजाेर भइसक्यो, सिकार गर्न जान्छु ।" भनेर उठ्दा ती केटीले जुरुक्क उठेर रामशरणको हातलाई तानेर रोकिन् । रामशरण खुसी भएर ती केटीसँग कुरा गर्न लग्यो
तर जे भए पनि खानेकुराको व्यवस्था गर्नै पर्थ्यो । अब त ती केटी पनि उठिसकिन् । यति खानेकुराले पुग्दैन भन्ने सोच्दै रामशरणले केटीको हातमा केही खानेकुरा राखेर सिकार र फलफूल खोज्नमा लाग्यो ।

उसले वरिपरि केही देखेको थिएन । जम्मा ठुला ठुला रुखहरू र घाँसबाहेक केही फलफूल, जनावर केही भेट्न सकेन । टाढा हेर्दा तिनै रुखहरू मात्र देखिन्थे । ऊ आफू कसरी बच्ने र ती केटीलाई कसरी बचाउने भन्ने सोच्दै बस्यो र ऊ गम्भीर अवस्थामा थियो । उसले रुखमाथि चढेर नजिक कुन् कुन् ठाउँ छन्, हेर्छु भनेर सोच्यो तर रुखको उचाइ धेरै थियो । ऊ गल्तीले भए पनि लड्यो भने उसको मृत्यु हुन सक्थ्याे । यो डरले उसलाई रुख चढ्न मन थिएन तर उसले आफू र केटीलाई बचाउने उपाय त्यति बेला यति मात्र थियो ।

गुफाबाट केटी उठेर आएर उसलाई रुख चढ्नबाट रोकिन् र आफैँ चढिन् । रामशरणले केटीको दह्राे क्षमता देखेर अचम्म मान्यो । केटीले माथिबाट नजिकको ठाउँ खोजिन् र रामशरणले मुनि बसेर खान सक्ने कुरा खोज्यो । केटीले पछि नजिकको ठाउँमा एउटा ठुलो हबेली देखिन् । त्यो हबेली धेरै पुरानो देखिन्थ्याे । केटीले रामशरणलाई इसारा गरिन् र दुवै जना त्यही हबेलीतिर लागे । हबेली धेरै पुरानोजस्तो देखिन्थ्यो र काेही बस्दैन जस्तै थियो ।  रामशरणलाई डर लाग्यो र केटीलाई याे कुरा भन्न खोज्यो तर उसलाई केटीको नाम थाहा थिएन र उसले सोधेन पनि किनकि केटी भित्रतिर लागिसकेकी थिइन् । रामशरण केही गर्न सक्दैनथ्यो त्यसैले ऊ पनि चुप लागेर केटीको पछि पछि हिँड्यो ।

उसले केटीलाई, "तिमी को हाै ? तिम्रो नाम के हो?" तर केटी केही नभनी अगाडि हिँड्दै गइन् । रामशरणले पनि धेरै सोचेन र पछि उसकै पछि पछि हिँड्दै गयो । रामशरणले धेरै कङ्कालहरू देख्याे तर केटीले देखे पनि धेरै केही भनिन् । उनीहरू अगाडि बढ्दै गए । केही समयपछि तिनीहरू जता गए पनि फेरि त्यही बाटो फर्किन्छन् भन्ने कुरा उनीहरूले पत्ता लगाए । उनीहरूले बाहिर निस्किने बाटो पनि भेट्न सकेनन् । ५० मिनेट हिँडेपछि भित्तामा एउटा कुरा लेखेको देखे ।

"मर मर मर !"

त्यसकाे नजिकै भित्तामा ४ जना मान्छेलाई किला ठाेकेर टाँगिएकाे थियो । रामशरणलाई धेरै डर लागेको थियो । उसले ती मान्छेहरूको मुख हेर्दा उनीहरूलाई चिनेको जस्तै लाग्यो । पछि राम्रै हेर्दा यिनीहरू केटीलाई अपहरण गर्ने र पछि रामशरणको पछि लागेका चोरहरू थिए । रामशरणलाई धेरै नै डर लाग्यो र काेही उनीहरूनजिक आइरहेको र पाइला टेकेको आवाज आउँदै थियो ।

"धन्यवाद !" केटीले आँखामा आँसु बोकेर मुस्कुराउँदै भनिन् ।

केही समयमा केटी दाैडँदै अगाडि गइन् र त्यहाँ रगत देखियाे । रामशरणको दृष्टि धमिलो हुँदै गयो र केही समयपछि ऊ जङ्गलअगाडि सुत्दै थियो । रामशरणलाई धेरै केही याद भएन तर उसले कसैबाट "धन्यवाद !" शब्द सुनेर उसको आँखामा आँसु आयो । पछि ऊ एउटा रुखमा केही लेखेर घर फर्कियो । त्यहाँ लेखिएकाे थियाे, “अर्को जीवनमा फेरि भेटाैँला ।”