Logo

Student Corner

चुराेट उत्पादन अवैध हुनुपर्छ ।

Written by: Jubin Maharjan - 2022026, Grade XI

Posted on: 13 July, 2021

चुरोट धूमपानको उद्देश्यले कागजमा घुमाइएको मसिनाे गरी काटिएको सुर्ती हो, जसमा निकोटिन, हाइड्रोजन साइनाइड इत्यादिजस्ता धेरै अन्य रासायनिक पदार्थहरू समावेश हुन्छन् । सुर्तीजन्य पदार्थ खपत र धूमपान गर्ने कार्य धेरै वर्षअघिदेखि हुँदै आएको छ । मानिसहरू पहिले सोच्थे कि धूमपान र सुर्तीजन्य पदार्थको सेवन उनीहरूको स्वास्थ्यका लागि राम्रो छ तर अब वैज्ञानिकहरूले गरेको अनुसन्धानका कारण हामी पक्का हुन सक्छौँ कि यसले हाम्रो स्वास्थ्यलाई बाधा पुर्‍याउँछ र यसले हाम्रो फोक्सोलाई मुख्यतया असर गर्छ ।
यद्यपि मानिसहरू जान्दछन् कि चुरोट तिनीहरूको स्वास्थ्यका लागि स्वस्थ छैन तर तिनीहरू अझै पनि त्यस्तो कार्यमा लाग्छन् र यसको मुख्य कारण तिनीहरू चुराेटमा हुने निकोटिनले गर्दा धूमपान गर्न बानी परेका छन् । चुराेटको उत्पादन गर्दा पनि विचार गरिन्छ कि यसको कुनै लाभ छैन । सरकारले चुरोटको मूल्य बढाउँदै र चुरोटको नकारात्मक असर चुराेटको बाक्सामा राखेर मानिसहरूलाई धूमपान गर्नबाट रोक्न खोजेको छ तर यो त्यति प्रभावकारी भएको छैन किनभने एक पटक कुनै व्यक्ति धूमपान गर्ने लतमा लाग्छ भने ऊ धूमपान गर्न चाहन्छ र उक्त व्यक्तिले मूल्य वा बट्टामा रहेको खतराकाे चिह्नको वास्ता गर्दैन । चुराेटको उपलब्धताले समस्यालाई झन् विकराल बनाएको छ किनकि धेरै युवा तथा वृद्धवृद्धाहरू दिनकाे सुरुवात चुराेट खाएर गर्ने गरेका छन् । याे समस्याकाे एक मात्र समाधान भनेको चुराेटको उत्पादन बन्द गर्नु हो ।
यदि देशमा चुराेटको कुनै उत्पादन हुँदैन भने त्यहाँ धूमपानको अम्मली हुने व्यक्तिहरू हुने छैनन् । यसबाट धूमपान छोड्ने कोसिस गरिरहेका मानिसहरूका लागि ठुलो सयाता हुने छ । यसले व्यक्तिलाई धूमपानबाट पनि रोक्छ किनकि त्यहाँ किन्नको लागि कुनै चुराेट हुँदैन । चुराेटले कुनै स्वास्थ्य लाभ गर्दैन र चुराेटको उत्पादन बन्द गर्नाले देशमा कनै ठुलो समस्या पैदा हुने छैन ।