Logo

Student Corner

ऋतु

Written by: Prasun Regmi - 22028, Grade XII

Posted on: 11 July, 2021

यो पृथ्वी अर्थात् हामी बस्ने ग्रह, सौर्यमण्डलको एक सदस्य । पृथ्वीले सूर्यको परिक्रमा गर्न अर्थात् सूर्यको फन्को लगाउन ३६५ दिन लाग्दछ । यो ३६५ दिनको वर्ष हुन्छ । यसरी पृथ्वीको परिक्रमा गर्ने क्रममा पृथ्वी आफ्नो कक्षामा घुम्दै घुम्दै जाँदा पृथ्वीको उत्तरी गोलार्ध्द मार्ग पर्छ त कहिले दक्षिणी । त्यसैले माैसम कहिले चिसाे हुन्छ, कहिले न्यानो त कहिले वर्षा हुन्छ । यसरी वातावरणमा परिवर्तन आउँछ । यसरी वातावरण परिवर्तन ऋतुको कारणले हुन्छ । एक वर्षमा १२ महिना हुन्छन् । यी १२ महिनामा ६ वटा ऋतुहरू हुन्छन् । ती छ ऋतुहरूमा वसन्त ऋतु, गृष्म ऋतु, वर्षा ऋतु, शरद ऋतु, हेमन्त ऋतु र शिशिर ऋतुहरू हुन् । 

हाम्रा नेपाली १२ महिनाभित्रका ६ ऋतुहरूमा हरेक दुई महिनामा एक ऋतु पर्दछ, जस्तैः चैत र वैशाख महिना - वसन्त ऋतु, जेठ र असार - गृष्म ऋतु, साउन र भदाै - वर्षा ऋतु, असोज - कार्तिक - शरद ऋतु, मंसिर र पौष - हेमन्त ऋतु  र माघ र फागुन - शिशिर ऋतु । वसन्त ऋतु - बोट बिरुवाहरूमा नयाँ मुना लाग्दछ, पालुवा पलाएर चारैतिर हरियाली छाएको हुन्छ । फूलहरू ढकमक्क फुलेका हुन्छन् । यही वसन्त ऋतुमा हाम्रो नयाँ वर्ष आरम्भ हुन्छ । वातावरणमा चमक बढ्छ, फूलहरूले स्वागत गरेको जस्तो हुन्छ । चारैतिर हरियाली छाएर एक प्रकारले वातावरण रमणीय भएको हुन्छ । वसन्त ऋतुपछि गृष्म ऋतु आउँछ । यो जेठदेखि असार महिनासम्म पर्छ । यो ऋतुमा गर्मी धेरै हुन्छ । नयाँ पलुवा लागेका हरिया रुखहरू हुर्किएर वनजङ्गलहरू र हराभरा भएका हुन्छन् । चारैतिर हरियाली छाएको हुन्छ । असार महिना पनि पर्ने याे ऋतु मानो रोपेर मुरी फलाउने ऋतु पनि हो । यही ऋतुभित्र पर्ने महिनामा धान रोपिन्छ । यसपछि वर्षा ऋतु आउँछ । वर्षा ऋतुमा पनि धेरै पानी पर्छ । धान रोप्ने बेलाका किसानहरूको उत्साहको ऋतु हाे याे । त्यसपछि आउँछ, शरद ऋतु । यो शरद ऋतुमा चारैतिर धान लहलह झुलेर पहेँलै भइसकेको हुन्छ अनि हामी नेपालीहरूको महान् चाड दसैँ यही ऋतुमा पर्दछ । दसैँ तिहारको ऋतु शरद ऋतुमा रमणीय वातावरण हुन्छ । त्यसपछि हेमन्त अनि शिशिर ऋतु आउँछन् । 

यसरी नेपाली वर्षलाई ६ वटा ऋतुहरूमा विभाजन गरिएको छ । यिनै ऋतुअनुसार प्रकृतिले आफ्नो कार्य बडो सुन्दर रूपमा व्यव्स्थापन गरेको छ । वसन्त, गृष्म, वर्षा, शरद,  हेमन्त र शिशिर ऋतुहरूद्वारा नै वनस्पति र प्राणीहरूबिच एउटा अदभूत् सम्बन्ध गाँसिएको छ ।