Logo

Student Corner

विद्यार्थी

Written by: Adhit Upadhyay - 22003, Grade XI

Posted on: 27 June, 2021

म जन्मिएँ सामान्य घरमा
सबैजना बसेका थिए मेरै भरमा
तीन वर्षपछि म विद्यालय गएँ,
त्यसपछि म विद्यार्थी भएँ ।

विद्यार्थी जीवन सुरु भयो,
बाल्यकाल सकिँदै गयो,
स्कुल सकियो ठुलो म भएँ,
त्यही पनि म विद्यार्थी नै रहेँ ।

स्कुले जीवन सकिएर गयो,
कलेज जीवन सुरु भयो,
जति पढे पनि विद्यार्थी जीवन सकिँदैन,
बुढेसकाल आए पनि पढाइ भने रोकिँदैन,
जति पढे पनि विद्यार्थी जीवन सकिँदैन,
बुढेसकाल आए पनि पढाइ भने रोकिँदैन ।