Logo

Student Corner

ब्रिफ हिस्ट्री अफ टाइम

Written by: Ashwot Acharya - 22021, Grade XI

Posted on: 24 June, 2021

ब्रिफ हिस्ट्री अफ टाइम’ स्टेफन हकिङ्गद्वारा लिखित एक अद्भूत पुस्तक हो । यसले ब्रह्माण्डका बारेमा अनुत्तरित प्रश्नहरूकाे बारेमा छलफल गर्दछ, जस्तो कि, समय के हो ? समयको स्वभाव कस्तो छ ? ब्रह्माण्ड कहाँबाट आयो ? यी प्रश्नहरू जुन प्रायः वयस्कहरूले गर्छन् र केवल गाेलमटाेल जवाफ दिन्छन्, एक अस्पष्ट उत्तर । यो पुस्तकले यी सबै चिजहरूको बारेमा कुरा गर्दछ तर यसलाई बुझ्नको लागि पर्याप्त सरल बनाउँदछ । यसले हामीभित्रकाे बच्चालाई यी सबै प्रश्न सोध्न उत्साहित गर्दछ र उत्तर खोज्ने प्रयास गर्दछ ।

यो ब्रह्माण्ड कुन समयमा सुरु भयो वा ब्रह्माण्ड कति ठुलो छ भन्ने प्रश्नबाट यो किताब सुरु हुन्छ । उनले ब्रह्माण्ड परिमित थियो भने त सबै ताराहरू एक विन्दुमा आएर ठोक्किनुपर्ने हो भनेका छन् । हकिङ्गका अनुसार यो संसार अनन्त छ । मानव सभ्यताको सुरुमा पूर्वानुमान गरिएको थियो कि पृथ्वी बिचमा छ र सूर्य पृथ्वीको चारैतिर घुम्छ तर पृथ्वीले सूर्यकाे परिक्रमा गर्छ भन्ने कुरा प्रविधिको विकास भएपछि मात्र पत्ता लागेको हो । 

ब्रह्माण्ड कसरी विस्तार हुँदै छ भनेर उनले वर्णन गरेका छन् । डाेप्लर इफेक्टकाे प्रयोगद्वारा कसरी टाढाबाट सुरु हुने रेड सिफ्टद्वारा ब्रह्माण्ड कसरी फैलिएको छ भनेर वर्णन गर्छन् । उनी सिङ्गुल्यारिटी र ब्ल्याक होलका बारेमा कुरा गर्छन् र तिनीहरू के हुन् ? ती कसरी यति शक्तिशाली छन् ? आदि सबै र अरू विभिन्न कुराको वर्णन गर्छन् ।
 
यो एउटा अचम्मको किताब हो र याे किताब सबै पढ्नुपर्ने किताब पनि हाे । सबै अनुत्तरित प्रश्नले ब्रह्माण्डको बारेमा बढी सोच्न लगाउँछ । यसले तपाईंलाई ब्रह्माण्ड, विश्वमा पुरै नयाँ परिप्रेक्ष्य दिन्छ ।