Logo

Student Corner

सामाजिक सञ्जाल

Written by: Darshan Mainali - 22007, Grade XI

Posted on: 16 June, 2021

यस २१ औँ शताब्दीमा धेरैजसो मानिसहरू सामाजिक सञ्जालमा सक्रिय छन् । सामाजिक सञ्जालहरू पुरै दुनियाको कुना कुनामा पुगिसकेका छन् । केही प्रख्यात सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब आदि रहेका छन् । 
 
सामाजिक सञ्जालको कारणले एउटा मान्छेले अर्को सहर वा अर्को देशको मान्छेसँग आरामसँग भिडियो कल अथवा लेखेरै नै कुरा गर्न पनि मिल्छ । दुनियाँमा भइरहेका धेरै कुराहरू पनि सामाजिक सञ्जालहरूमा एकैछिनमा आइहाल्छन् । सामाजिक सञ्जालको सहाराले हामीले धेरै सूचना पाउनुका साथै धेरै नयाँ कुराहरू सिक्ने मौका पनि पाउँछौँ । विद्यालयका विद्यार्थीहरूका लागि सामाजिक सञ्जालमार्फत् धेरै सहयोग पुगेको छ । उनीहरू अनलाइन पढ्न सक्छन्, फ्रिल्यान्सिङ गरेर भविष्य बनाउन सक्छन् । उनीहरू सञ्चारको कुरामा अघि बढ्न सक्छन् । धेरै सामाजिक सञ्जालहरू व्यवसाय गर्न पनि काम लाग्छन् । फाइदाका साथसाथै यसका बेफाइदाहरू पनि छन् । सामाजिक सञ्जाल भन्दैमा जतिखेर पनि त्यसमै व्यस्त हुनु हुँदैन । धेरै बेरसम्म सामाजिक सञ्जालहरूमा बिताउँदै गयौँ भने हामी आफ्नै नजिकका मान्छेहरूबाट टाढिँदै जान्छौँ । सामाजिक सञ्जालहरू १०० प्रतिशत सुरक्षित छन् भन्ने हुँदैन, त्यसैले हामी एकदमै होसियार भएर चलाउनुपर्दछ । धेरै बेरसम्म त्यसमै झुन्डिरहँदा त्याे हाम्रो शरीरलाई हानिकारक पनि हुन सक्छ । 
 
सामाजिक सञ्जालका कारण दुनियाँमा धेरै प्रगति हुँदै छ र हामीले त्यसको राम्रो प्रयोग गर्नुपर्दछ । सामाजिक सञ्जालको प्रयोग गैरकानुनी कामका लागि गर्नुहुँदैन । यस्तो राम्रो सुविधाको प्रयोग हामीले राम्रो कामका लागि गर्यौं भने हामी अवश्य सफल बन्न सक्छौँ ।