Logo

Student Corner

लकडाउनमा मेराे अनुभव

Written by: Ishu Shiwakoti - 22009, Grade XI

Posted on: 15 June, 2021

कसैले पनि आशा गरेको थिएन कि हामी लगभग १ वर्षसम्म आफ्नै घरमा थुनिने छौँ । हामी भाग्यशाली छौँ र साथसाथै अभाग्यशाली पनि छौँ । मैले यस अवधिलाई राम्रो र नराम्रोभन्दा पनि धेरै सम्झनाहरूमा बिताएँ । सन् २०२० स्वास्थ्य समस्याहरूले भरिएको थियो । विश्वका धेरैजसो देशहरूले लकडाउनको घोषणा गरेका थिए । विश्व स्वास्थ्य सङ्गठनले  कोरोना भाइरसलाई विश्वव्यापी महामारीको रूपमा घोषणा गरेको थियो । हामीले आफ्नै घरमा ताल्चा लगाएर बस्नुपर्ने अवस्था आइसकेको थियो । 

व्यक्तिगत रूपमा म लकडाउनमा निराश थिएँ तर मैले नयाँ कुराको खोजी गर्ने र सिक्ने मौका पाएँ । दिनभरि यत्तिकै हल्लिर बस्नुभन्दा मैले खानाका परिकार बनाउन सिक्ने निर्णय गरेँ । एस. ई‍. ई‍. रद्द भएपछि मैले विभिन्न कलेजमा प्रवेश परीक्षा दिएँ । मलाई लग्यो कि सिफल स्कुल मेरा लागि सबैभन्दा राम्रो विकल्प हो त्यसैले म यहाँ आएँ । लकडाउनको केही हप्तामा मेरो ११ कक्षाको पढाइ सुरु भयो । यस्तो महामारीमा पनि मैले मेरो पढाइलाई  निरन्तरता दिन सकेँ । मैले नयाँ साथीहरूसँग पनि चिनजान गरेँ । नढाँटी भन्दा अनलाइन क्लास रमाइलोका साथसाथै झ्याउ लाग्ने पनि थियाे । दिनको ५ घण्टा कम्प्युटरको अगाडि बस्दा मेरो आँखा निकै दुख्थ्यो । एक दुई दिनको लागि म मेरो मामाघर पनि गएकी थिएँ । त्यहाँ पनि निकै रमाइलो गरेँ । बिहान उठ्यो, नास्ता गर्यो, अनि क्लासमा बस्यो । यसबाहेक केही काम थिएन । 

समग्रमा यो एक रमाइलो र एक सम्झनलायक अनुभव थियो । हामीले त्यस्तो चिज अनुभव गरेका छौँ जुन कसैले पनि सोचेका थिएनन् । हामीले घरमै पानीपुरी र चटपटे बनाउदा पनि मलाई बाहिरको एकदम याद आइरहेको थियो । यसरी मैले मेरो पुरा लकडाउन बिताएकी थिएँ ।