Logo

Student Corner

शुभकामना

Written by: Anukrama Poudyal - 22031, Grade XI

Posted on: 14 June, 2021

एउटी सुन्दरी परी हौ तिमी, तिमी मेरो मात्र हैन, 
मलाई लाग्छ संसारकै अमूल्य प्रतिभा नै हाै। 

उड्नेमा तिमी पन्छीजस्तै शब्दभावले उड्छ्यौ,
काव्यकलाकी खानी हौ कि भन्ने सङ्केत दिन्छ्यौ ।

तिमीलाई हेर्दा मेरो मनमा मिठो भाव जाग्छ, 
के लेखूँ म तिम्रा लागि के के भनेझैँ लाग्छ । 

वसुन्धराकी पुत्री ! तिम्रो अति नै माया लाग्छ, 
संयोग, सम्बन्धले सुगन्धित हावा आई छोइजान्छ । 

त्यही क्षण एउटा दिव्य आनन्द मेरो अनुभूतिमा छ, 
हाम्रो भेटघाट हुने कुनै यस्तै क्षणझैँ लाग्छ । 

अति अनमोल छ जीवन तिम्रो, तिमी सम्झिराख, 
आँधीबेहरी आई कहिले जीवन ढाल्न सक्छ ।