Logo

Student Corner

कोपा अमेरिका

Written by: Aashutosh Pudasaini - 22002, Grade XI

Posted on: 13 June, 2021

अमेरिका महादेशमा खेलिने फुटबलको प्रतियोगिता, जसमा उत्तर अमेरिका र दक्षिण अमेरिकाका सबै देशले भाग लिने गरेका छन्, त्यसलाई कोपा अमेरिका भनिन्छ । कोपा अमेरिकाको आयोजना दक्षिण अमेरिकी फुटबलकाे नियमनकारी निकाय CONMEBOL ले गर्ने गरेको छ । कोपा अमेरिका हरेक दुई वर्षमा हुने गरेको भए पनि कहिलेकाहीँ एक वर्षकाे अन्तरालमा पनि आयाेजना हुने गरेकाे छ । 

 

मौलिक रूपमा कोपा अमेरिका सन् २०२० मा अर्जेन्टिनामा हुनु पर्ने थियो तर कोरोन महामारीको कारण २०२० मा हुन सकेन । त्यही भएर कोपा अमेरिका यस वर्ष २०२१ मा ब्राजिलमा भइरहेकाे छ । सन् २०२१ को कोपा अमेरिका जुन १३ देखि जुलाई १० सञ्चालन हुन्छ । यस प्रतियोगितामा १० ओटा देशहरूले भाग लिने गरेका छन् । १० ओटा देशमध्ये ८ ओटा देश कोपा अमेरिकाको लामो इतिहासमा विजेता भएका छन् । उरुग्वे यस प्रतियाेगितामा सबैभन्दा सफल देश रहेको छ । उरुग्वेले १५ पटक उपाधि जितेकाे छ भने अर्जेन्टिना १४ पटक विजय हासिल गरेर दोस्रो सफल देशका रूपमा रहेको छ ।          

 

अर्जेन्टिनाले यो प्रतियोगिता १६ पटक आयोजना गरेको छ भने उरुग्वेले ७ र चिलेले ६ पटक आयाेजना गरेका छन् । सन् २०१६ मा उत्तर अमेरिकाको देश अमेरिकाले याे प्रतियाेगिता आयोजना गरेको थियो । प्रतियोगिताको लामो इतिहासमा लगातार ३ पटक  जित्न सफल देश भने अर्जेन्टिना र उरुग्वे मात्र रहेका छन् । सन् २०१९ मा ब्राजिलले पेरुलाई फाइनल खेलमा ३-१ गाेल अन्तरले हराउँदै यो प्रतियोगिता जित्यो । 

 

हिजाेबाट सुरु भएको प्रतियोगिता लियाेनल मेस्सी, लुइस सुआरेज तथा अरू केही महान् खेलाडीहरूका लागि अन्तिम हुन सक्छ । कोपा अमेरिकाका खेलहरू नेपाली समयअनुसार बिहान २:४५, ५:४५ र ७ :४५ बजे हुने गरेका छन् । बिहान चाँडै उठ्ने नेपालीहरूले यस प्रतियोगिताको मजा लिने छन् ।