Logo

Student Corner

गाँउले जीवन र सहरिया जीवन

Written by: Subham Regmi - 22014, Grade XI

Posted on: 10 June, 2021

गाँउले जीवन र सहरिया जीवन तुलना गर्ने हो भने गाँउले जीवनलाई राम्रो भन्न सकिन्छ । गाँउले जीवन स्वच्छ, सुन्दर र सफा हुन्छ । गाउँको जीवन अद्भूत हुन्छ । मान्छेहरू कम र सबैजना मिलेर बस्ने भएकाले गाँउले जीवनलाई राम्रो भनिएको हो । स्वच्छ र सफा भएको कारण  गाउँमा बस्नुपर्छ । नेपाल बहुजातीय, बहुभाषिक देश हो । गाउँ र सहर दुवैमा मानिसहरू मिलेर बसेका छन् । दुवै ठाउँमा विभिन्न भाषा, धर्म, जातिका मानिसहरू भेटिन्छन् । सबैजना मिलेर बसेको  पाइन्छ । दुवै ठाउँमा मानिसहरू एकल वा संयुक्त परिवारमा बस्छन् । दुबै ठाउँमा मानिसहरू फरक संस्कृति, परम्परा र संस्कार पालन गर्दछन् । उनीहरूलाई रोजगारी, मनोरञ्जन, शिक्षा, यातायात आदि चाहिन्छ । मानिसहरू दुवै ठाउँमा व्यवसाय, व्यापार, कृषिमा संलग्न छन् र ती सबै सामाजिक नियम र मूल्य मान्यताले बाँधिएका छन् । यी दुवै राष्ट्रिय एकीकरणसँग सम्बन्धित छन् ।

सहरिया जीवनमा सुख, शान्ति सबै किसिमका सुविधा भए तापनि यहाँको वातावरण धुलो, धुवाँ आदिले प्रदूषित भएको कारण गाउँको जीवन कठिन भए पनि बस्न लायक छ । अहिलेको विषम परिस्थितिमा सहरमा कोरोनाको प्रभाव बढी देखिएको छ । मानिसहरूको चाप र भिडभाडको कारण कोरोना सहरमा अलि बढी देखियो । गाउँमा सतर्कता नभए तापनि भिडभाड कम भएको हुदाँ अलि सहज भएको हो ।

गाउँमा सबै कुरा राम्रो भएको कारण हामी हाम्रो गाउँमा बस्नुपर्छ । गाउँको जीवनमा सहरको जीवनको तुलनामा बढी खुसी मिल्छ । यी दुईबिच तुलना गर्दा हामी दुवैका धेरै सकारात्मक र नकारात्मक पक्ष भेट्न सक्छौँ तर जुन ठाउँमा सकारात्मक पक्ष बढी र नकारात्मक पक्ष कम हुन्छ, त्यही ठाउँमा बस्नु उचित हुन्छ ।