Logo

Student Corner

राजनीतिमा अपराधीकरण

Written by: Manisha Gurung - 2022030, Grade XI

Posted on: 09 June, 2021

भनिन्छ, कुनै पनि देशको विकासका लागि त्यस देशकाे व्यवस्थापकीय प्रणालीकाे महत्त्वपूर्ण भूमिका हुन्छ । राजनीति यस्तो विषय हाे जसले कुनै पनि देशलाई राम्राे वा नराम्रो मार्गमा लैजान सक्छ । त्यही राजनितीक खाेल ओडेर आफूलाई शक्तिशाली सिद्ध गर्न  चाहने मानिसहरूकाे कमी पनि पटक्कै छैन नेपालमा । उनीहरू आफ्ना स्वार्थहरू पुरा गर्नकै निम्ति अनैतिक बाटो अपनाउँछन्; साेचेकाे ठाउँमा पुग्छन्; आफ्नो फाइदा खाेज्छन् अनि देशकाे हालत कहालीलाग्दो हुन पुग्छ । राजनीतिक अपराधीकरणले गर्दा नै यस्ताे अवस्था सिर्जना हुन्छ ,

कथित राजनीतिज्ञहरू आफ्नाे फाइदाका लागि संविधानमा नभएको नियम कानुन पनि टुक्राटाक्री नियमलाई जाेडेर रातभरमा नयाँ नियम बनाउँछन् अनि सारै दु:खलाग्दाे कुरा जब गरिब र आर्थिक अवस्था कमजोर भएका साधरण जनताकाे लागि आवश्क हुन्छ; फेरि रातभरमै त्यस्ताे नियम नभएको पुष्टि गरिदिन्छन् । वाह ! गजब छ, मेराे देशकाे राजनीतिक चलखेल । र याे पनि राजनीतिक अपराधीकरण हाे, जसलाई अझै हामीले बुझ्न सकिरहेका छैनाैँ । 

आफ्नो देश, आफ्नाे जन्मभूमि र आफ्नै जनताका लागि नियम बनाउँदा पनि अन्य मुलुककाे दस चाेटि सल्लाह सुझाब चाहिने मेराे देशकाे दयनीय राजनीतिकाे घिनलाग्दाे चलखेललाई जब कसैकाे जीवन बाँच्ने र बचाउने कुरा आउँछ, तब त्यस्तो अधिकार भने पटक्कै छैन रे । जानी नजानी हामी राजनीतिक अपराधीकै कारण बली चढिरहेका छाैँ । यस्ताेमा राजनीति स्वच्छ हुने आशा राख्नु र सूर्यलाई हत्केलाले छेक्न खाेज्नु एउटै हाे ।

यसरी राजनीतिक अपराधीकरणबाट देशकै विनाश हुने गर्छ । त्यसैले देशविकासमा त्यागी नेताकाे आवश्यकता छ र त्याे हुनका लागि हामीले नै सचेत भएर नेता छनाेट गर्नुपर्छ । तीनपाने र दुई थाल मासुभातमा बिकेर हाेइन; सचेत भएर नेता छान्नुपर्छ ताकि नयाँ नेपाल साँच्चै नयाँ नेपालजस्तै हाेओस्, जहाँ ‘नेपालकाे राजनीति’ शब्द उच्चारण गर्दा धृणा हाेइन; गर्व उत्पन्न हाेओस् ।