Logo

Student Corner

साथी

Written by: Darshan Mainali - 22007, Grade XI

Posted on: 08 June, 2021

यस एकाइसौँ शताब्दीमा मानिसहरू एक अर्काको सहाराबिना बाँच्न सक्दैनन् । कुनै काम परेमा अरूको सहयोग पाउँदा त्यो काम सजिलो लाग्छ र छिटो पनि सकिन्छ । मानिसहरू आफ्नो पीडा, खुसी व्यक्त नगरी पनि बस्न खोज्दैनन् । त्यसैले यी सबै कुराको लागि साथी हुनु सार्है जरुरी छ ।

साथीसँग हामी जस्तो कुरा पनि ढुक्क भएर गर्न सक्छौँ । जीवनमा केही आइलगिहाल्यो भने साथीहरू जहिले पनि हामीलाई सहयोग गर्न तयार हुन्छन् । साथीहरू जति बनायाे त्यति नै फाइदा हुने मानिन्छ । जीवनमा जे पनि सम्भव हुन्छ, जब एउटा राम्रो साथी हाम्रो साथमा हुन्छ । हामीले जीवनमा रमाइलो गर्ने भनेकै आफ्नै उमेरका साथीहरूसँग हो किनभने साथीहरू पनि हाम्रो जस्तै एकै किसिमको नै जीवन बिताइरहेका हुन्छन् । धेरै कुरा मिल्ने भएर नै साथीहरूको कुरा मिल्छ र अनजान व्यक्तिहरू साथी बन्न पुग्छन् । एउटा असल साथीले जीवनको कठिन समयमा पनि आफ्नो साथीलाई मद्दत गर्न चाहन्छ । साथीहरूसँग धेरै कुराहरू बाँड्न सकिन्छ । मित्रता भनेको जति लम्बियो, त्यति नै बलियो र शक्तिशाली हुँदै जान्छ । धेरै वर्ष साथी भएका मान्छेहरू आफ्नो बारेमा भन्दा साथीको बारेमा बढी कुरा थाहा पाउँछन् । उनीहरू एक अर्काको कुरा पनि सजिलै बुझ्छन् । यस्तो हुँदा कुराहरू आरामै सल्टाउन सकिन्छ । साथीहरू सँगै हुँदा हामीलाई कसैको डर हुँदैन । साथीसँग हुँदा धेरै रमाइलो हुन्छ । हामीलाई अल्छी लाग्दा साथीहरू आएर नै हाम्रो उत्सुकता बढाउँछन्, हामीमा जाँगर भर्छन् ।

यस जीवनमा पैसाभन्दा ठुलो कुरा भनेको एउटा असल साथी पाउनु हो । यदि मानिसले असल साथी बनाउन सफल भयो भने ऊ जीवनमा कुनै पनि समस्यामा चिन्ता नमानी साथीको सहयोगले नै त्यसको समाधान गर्न सक्छ । त्यसैले जीवनमा एउटा असल साथी बनाउनु आवश्यक छ ।