Logo

Student Corner

युग

Written by: Arya Khatri - 22027, Grade XI

Posted on: 07 June, 2021

पहिलाको युग कस्तो ?
आजको युग यस्ताे
अहिले आयो नेट
संसारमा जहाँ भए पनि
एकै छिनमा भेट ।
खाई नखाई भए पनि
घरमा इन्टरनेट हाले
एबिसिडी नजान्नेले
हल्लो भन्न थाले ।
वैज्ञानिक र विद्वान्‌ले 
ल्याएका छन् कृति
त्यसैका माध्यमबाट
हटे हुन्थ्यो विकृति ।
कसैका छोरा जर्मनी गए
कसैका छोरा जापान
आज यसरी हुन थाल्याे
सफलताकाे मापन ।
हामी युवा एक भए
नेपाल बन्छ विशाल
विश्वसामु चिनाऔँ साथी
हाम्रो प्यारो नेपाल ।