Logo

Student Corner

सानी केटी

Written by: Samrat Nakarmi - 22011, Grade XI

Posted on: 06 June, 2021

एउटी सानी केटी थिइन् जाे आफ्नी आमासँग काममा कडा मेहनत गर्थिन् । एक दिन उनी आमासँग आफ्ना बुबाको लागि जामुन लिन गइन् तर जङ्गलले तिनीहरूलाई चिसो, अँध्यारो मौन र खाली झाडीहरूको साथ स्वागत गर्‍यो । अझै जामुन पत्ता लगाउन कटिबद्ध केटी आमाको पकडबाट फुत्किइन् र जङ्गलमा गइन् । उनी जाँदा उनलाई आफ्नै आँखा अनौठो भएकाे महसुस भयाे र उनी डराइन् । उनलाई आमानए सुत्ने समयमा सुनाएका डरलाग्दा कथाहरूको सम्झना आउँथ्याे र उनी डराउँथिन् । त्यसैले सानी केटीको घाँटी सुक्खा भयो र केही पिउन चाहन्थिन् । त्यसपछि चमेराे प्रभु देखा पर्याे । उसले आफ्नो पखेटा काट्यो र केटीलाई उसको बाक्लो रगत दियो । "आऊ बालिका, तिर्खा मेट", उसले भन्याे । ती केटीले रगत पिएकी देखेर खुसीसाथ हाँस्याे ।

रात जति छिप्पिँदै गयो, तापमान पनि घट्दै गयाे र चिसो हुन थाल्याे । आफ्नो पातलो कपडामा थरथर काँप्दै अगाडि बढ्दा अँध्यारो बुनाइ उनको सामु देखा पर्‍यो । उसको औँलाको क्लिपको सहायताले उसले सुन्दर पोसाक बुन्याे र बच्चीलाई दियाे । "आऊ बालिका, आफूलाई न्यानो बनाऊ", उसले भन्याे । केटीले पहिरन लगाइन् र तातो भइन् अनि खुसीले मुस्कुराइन् ।

जङ्गलमा आफ्नै तालमा हिँड्दा ती केटी भोकै भइन् । त्यसपछि माछा राजा देखा परेर उनलाई आफ्ना धेरै पखेटामध्ये एक पखेटा खाने प्रस्ताव गर्याे । "आऊ बच्चा, तिम्रो पेट भर ।" र त्याे पखेटा ती केटीले खाइन् र फेरि खुसी भएर मुस्काइन् ।

यात्रा जारी राख्दै उनी चाँडै जङ्गलको अन्धकारमा प्रवेश गरिन् । धुवैँधुवाँले भरिएको जङ्गलबाट एक फलामको घोडा निस्कियाे जसले एक सुन्दर गियर बोकेको थियो । त्यसले बच्चीको नजिक आउँदा केही पनि भनेन । केटीले सोचिन् कि त्यो अर्को उपहार हो र त्यो गियर खोसिन् । फलामको घोडा क्रोधित भयो र अन्य राक्षसहरूलाई बोलायो । ती राक्षसहरूबाट धुवाँ आयो र अचानक बोक्सी देखा पर्दा केटी डरले काम्न थालिन् । बोक्सीले बच्चीलाई उनको अज्ञानता र मुर्खताका लागि गाली गरी  र उसले क्षतिपूर्तिको माग गरी । डरले थरथर कामेकी बच्ची चल्न वा बोल्न सकिनन् । “ठिक छ, म तिम्रो ख्याल आफैँ राख्छु”, बोक्सीले जङ्गलमा रहेको विशाल महलभित्र केटीलाई लगी र यससँगै सबै राक्षसहरू पनि हराए । केटी फेरि कहिल्यै देखिइनन् ।

एक रात आमा अझै पनि आफ्नी हराएकी छोरीकाे चिन्ता गरेर बसेकी थिइन् । त्यसै बेला कसैले उनकाे ढोका ढकढक्यायो । जब उनले ढाेका खाेलिन्, उनले एउटा सानो बाकस भेटिन् । जिज्ञासु भएर उनले बाकस भित्र लगिन् र खोलिन् । जब उनले बाकस खोलिन्, उनी व्याकुल भइन् किनभने बच्चीको स्वरूपकी पुतली त्यहाँ बसिरहेकी थिइन् र चिन्तित मुद्रामा थिइन् । एउटा कागजमा लेखिएको थियाे, "उनी उनको पापकाे फल भुक्तान गरिरहेकी छिन् ।" आफ्नी छोरीकाे अवस्था देखेर आमा रुन थालिन् ।