Logo

Student Corner

अठोट

Written by: Arya Tharu - 22006, Grade XI

Posted on: 03 June, 2021

धेरै व्यक्तिहरू सोच्छन्, विजयी हुन प्रतिभा आवश्यक छ तर सफल हुन प्रतिभा होइन, विजयी मनोवृत्ति र दृढ निश्चयले मुख्य खेल खेलेको हुन्छ । दृढ निश्चय भनेको एक सकारात्मक भावना हो जुन अवरोधहरूको बाबजुद गाह्रो लक्ष्यतिर लागिरहनु हो । हामीले देखेको सपनालाई वावस्तविकतामा ल्याउन दृढ निश्चय मुख्य कारक रहेको हुन्छ । जतिसुकै ठुलो लक्ष्य भए पनि हाम्रो प्रयास र योजनाले उपलब्धि हासिल गर्न सक्छौँ भन्ने कुरा यही दृढ निश्चयले सिकाँउछ ।

यो हरेक मानिसमा सजिलैसँग हुन्छ भन्ने छैन । निश्चयी हुन मानिसहरूको आ-आफ्नो चासोको काम हुनुपर्छ । आफ्नो चासोको काम भयो भने हामीले जतिसुकै कठिन समस्याको पनि समाधान निकाल्न सक्छौँ । कसैको हारजित उनीहरूले गरेको प्रयासमा निर्भर भएको हुन्छ र पुरै मनदेखि गरेको कार्यको कहिल्यै हार हुँदैन, त्यहाँ सुधारमात्र हुन्छ । वास्तवमा जति हामी हार्छाैं, त्यति नै ठुलो हाम्रो विजय हुने छ । हाम्रो लक्ष्य निर्धारण रेलकाे जस्तै हुनुपर्छ । रेलले गन्तव्यमा नपुगेसम्म आफ्नो दिशा परिवर्तन गर्दैन, एकैसुरमा हिँडिरहन्छ । 

उदाहरणको लागि मानिस एकदमै गरिब घरमा जन्मेर पनि आफ्नो दृढ निश्चय र प्रेरणाले  अर्बपति बनेको कथा हामीले सुनेका छौँ । अत: सफल हुनुको पहिलो प्रक्रिया नै दृढ निश्चयी  हुनु हो । लक्ष्यलाई प्राप्त गर्न हामी आजैदेखि निर्धारित भएर अगाडि बढ्नुपर्छ । आजको कुनै पनि काम भोलिको लागि स्थगित नगरेर सफलताको बाटो हिँड्न जरुरी छ । यस्तो गर्‍याैँ भने हामीलाई कसैले पनि रोक्न सक्दैन ।