Logo

Student Corner

मलाई मन पर्ने किताब

Written by: Ansel Dhungana - 22018, Grade XI

Posted on: 02 June, 2021

यस विश्वमा धेरै फरक प्रकारका किताब छन् । हरेक किताब छुट्टै लेखकले लेखेका हुन्छन् । हरेक लेखकको आफ्नै लेख्ने तरिका हुन्छ । लेखककाे लेख्ने तरिकामा भिन्नता भएको भएर एउटै कथा फरक लेखकले लेख्ने हो भने फरक हुन्छ । 

मलाई मन पर्ने किताब जे के रोलिङ्गले लेखेको ह्यारी पोर्टर हो । यो किताबले एउटा जादुको दुनियाँलाई दर्साउँछ । यस किताबको मुख्य पात्र ह्यारी पाेर्टर हो । यस कथाको मुख्य पात्रको विपक्षी पात्रको नाम वोल्देमोर्ट हो । यो कथामा ह्यारी एउटा जादुको विद्यालयमा जान्छ । त्यहाँ उसले नयाँ साथीहरू बनाउँछ । उसले आफ्ना साथीहरूको सहयोग लिएर वोल्देमोर्टलाई हराउँछ । वोल्देमोर्ट अमृत खाएर अमर हुन चाहन्छ र यदि आफ्नो बाटोमा कोही आयो भने त्यो मान्छेको आयु समाप्त गरिदिन्छ । वोल्देमोर्टजस्तो  राक्षसलाई हराउन ह्यारीले धेरै कस्ट गर्नुपर्छ । यस कथामा ह्यारीले धेरै समस्याको सामना गर्नुपर्छ । यस कथाको मलाई सबैभन्दा मन परेको भाग चाहिँ लेखकले मुख्य पात्र मात्र नभई अरू धेरै पात्रहरूलाई पनि राम्ररी साँच्चिकैका मान्छेहरूजस्तो बनाउन धेरै मेहनत गरेकी छिन् । 

यस किताबको कुनै पनि पाना निरस छैन । हरेक पानामा हामीले कि त कथालाई अघि बढाउने कि त यस किताबको दुनियाँका भूत र विविधताको वर्णन गरिएको छ । मलाई यस्ता पक्ष मन पर्ने भएकाले ह्यारी पाेर्टर मन पर्छ ।