Logo

Student Corner

पाँचथर बजार

Written by: Binaya Rijal - 22020, Grade XI

Posted on: 01 June, 2021

हरियो पहाडको काखमा छ पाँचथर बजार
बसाइँ सरी आउँछन् यहाँ हजारौँ हजार
पूर्व छ हेवा, पश्चिम तमाेर खोला
फैलिँदै छ फिदिम अझै, कति ठुलो होला ।

अग्ला अग्ला पहाड छन् यसको उत्तरतिर
फिदिम सहर आँगनीमा हेवाको शिर
नाच्दै खेल्दै आउँछ हेवा डाँडाकाँडाबाट
पाँचथरको काखै हुँदै जान्छ तराईको फाँट ।

पद्मसुन्दर जन्मिएको ठाउँ हो मेरो पाँचथर
ठाउँको विरोध गर्ने जति सबै हिँडे फर्केर
सबै जाति मिलिजुली लडे अघि बढी
देशको विकास गर्नलाई हिँडे वीर नेपाली ।

नालीबेली अझ यसको कसले खोज्ने 
होकमाबाट नाम फेरि भयो हेवा खोला
हेर्दाहेर्दै पाँचथर बजार भयो झिलिमिली
सबै यसको उन्नतिमा लागौँ मिलिजुली ।