Logo

Student Corner

सुन्दरता

Written by: Anukrama Poudyal - 22031, Grade XI

Posted on: 31 May, 2021

अमूल्य वस्तु के हो भनी बाहिर बाहिर डुलेछु, 
आफूभित्रको सुन्दरताको बहुमूल्य खोजीमा 
धेरै भट्किएँ म परमानन्दको खोजीमा
आफूलाई नियालेर हेर्दा पाएँ त्यो शुन्यता आफ्नै गोजीमा ।

आफूलाई बुझ्ने प्रयत्नको तलाउमा पौडिन सकिनँ,
हो, जीवनको रफ्तारमा सबैसँग दौडिन सकिनँ,
तर त्यो डुबानको पनि छुट्टै मजा लिने भएको छु,
सबैलाई खुसी, साथ र आत्मीयता दिने भएको छु ।

सुखी बन्ने सङ्कल्पले यो शरीर ईश्वरसामु पुगेको थियो,
रुखका डालीमा फल त थिए तर औचित्यबिनाले नुहेको थियो,
पलपलको गहिराइमा डुब्दै आफूलाई सँगाल्ने गर्छु,
साथ दिने त यही हो भनी स्वयम् आत्मालाई अँगाल्ने गर्छु ।