Logo

Student Corner

प्रकाश वर्ष

Written by: Aashrab Khanal - 22001, Grade XI

Posted on: 30 May, 2021

मापन भन्ने कुराको प्रयोग हामी दैनिक आधारमा गर्छौं । सानो दुरी मापन गर्न मिटर अथवा किलोमिटरको प्रयोग गरिन्छ तर खगोल विज्ञानको क्षेत्रमा दुरीको मापन मिटर र सेन्टिमिटरमा गर्नु व्यावहारिक हुँदैन । त्यसैले वैज्ञानिकहरूले प्रभावकारी रूपमा दुरी मापन गर्न प्रकाश वर्षको प्रयोग गर्छन् ।

एक वर्षमा प्रकाशले पार गर्ने दुरीलाई नै एक प्रकाश वर्ष भनिन्छ । यो यस्तो दुरी हो जहाँ एक खगोलीय एकाईले चापको एक सेकेन्डको कोण प्रस्तुत गर्दछ । त्यसरी नै प्रकाश एक मिनेटमा १,८०,००,००० किमी दुरी पार गर्छ जसलाई प्रकाश मिनेट भनिन्छ । खगोल विज्ञानमा प्रकाश वर्षको प्रयोग गर्नुको कारण ब्रह्माण्ड अत्यन्त विशाल भएकोले हो । अन्तरिक्षमा ताराहरू, आकाशगङ्गाहरू र ग्रहहरू हजारौँ वा लाखौँ प्रकाश वर्ष टाढा हुन्छन् । प्रकाश वर्ष एकाइ फ्रेडरिक बेसेलद्वारा सूर्यबाहेक अन्य ताराको पहिलो सफल मापनको केही वर्षपछि देखा पर्‍यो । प्रकाश वर्षको एकाइअनुसार चन्द्रमाको दुरी पृथ्वीबाट  १.२५ सेकन्ड छ र सूर्यको दुरी भने ८.३ मिनेट छ । सूर्यबाहेकको सबैभन्दा नजिक रहेको ताराको दुरी ४.२५ प्रकाश वर्ष छ । हामी भएको आकाशगङ्गाको नजिकको आकाशगङ्गा एन्ड्रोमेडा २.५  मिलियन प्रकाश वर्ष टाढा रहेको छ ।

आधुनिक खगोलविद्हरू प्राय ‘पार्सेक’ प्रयोग गर्न रुचाउँछन् तर  प्रकाश वर्षको पनि प्रयोग  इन्टरस्टेलर र इन्टरग्लैक्टिक स्पेसको विस्तार नाप्न गरिन्छ ।