Logo

Student Corner

समय र परिवर्तन

Written by: Aditya Majhi - 22004, Grade XI

Posted on: 26 May, 2021

समयकाे मतलब बेला हाे र समय फर्केर आउँदैन । मानिस बालकबाट बुढाे हुन धेरै समय लाग्दैन । परिवर्तन पनि राम्राे र नराम्राे हुन्छ । सबै कुरामा परिवर्तन हुन्छ । त्यसका पनि कारणहरू हुन्छन् । समयअनुसार मानिस परिवर्तन हुन्छ र त्याे समयमा हामीले धेरै कु्राहरू अनुभव गर्छाैं । त्याे समय मानिसका लागि महत्त्वपूर्ण हुन्छ किनकि मानिसले आफ्नै बारेमा धेरै कुराहरू सिक्न पाउँछाैँ र नयाँ अनुभव हुन्छ । समयअनुसार सबै कुराहरू परिवर्तन हुन्छन् र परिवर्तन हुनु पनि पर्छ । परिवर्तन भएन भने विकास हुँदैन ।

परिवर्तनकै कारण मानिसले नयाँ कुराहरू प्राप्त गरेकाे छ । परिवर्तन नभएकाे भए हामीले जीवनमा धेरै कुरा अनुभव गर्न पाउँदैनथ्याैँ । समयको पालना गरेर आज संसारमा मानिसहरूले परिवर्तन ल्याका छन् । समय र परिवर्तन भएन भने संसार अगाडि बढ्न सक्दैन । सबै कुरामा समय लाग्छ र त्यही समयमा परिवर्तन हुन्छ । समय बुझ्ने मानिसले  जीवनमा सफलता पाउँछ ।

परिवर्तनलाई सहज रूपमा स्वीकार गरी समयअनुसार चल्न सकेमात्र हामीले सफलता प्राप्त गर्न सक्छाैँ । त्यसैले परिवर्तित समयअनुसार चल्नु नै आजकाे आवश्यकता हाे ।