Logo

Student Corner

काेभिड - १९

Written by: Subham Regmi - 2022014, Grade XI

Posted on: 19 May, 2021

काेभिड काेभिड भनेकाे सुन्दा सुन्दा पागल हुने बेला भइसक्यो है ? यो काेभिड एकदमै डरलाग्दो रोग हो र यो सरुवा रोग हो तर यसलाई हामीले सजिलैसँग निको पार्न सक्छौँ । हामी अहिले यो विषम परिस्थितिमा घरमै बसेका छौँ । हामीले अहिले घरमै बसेर यो रोगबाट बच्नुपर्दछ । 

अझ हामीले त अहिले के के सुनिरहेका छौँ । मैले अस्ति घरमै हुँदा यसो फेसबुक हेर्दै गर्दा के देखेँ भने अक्सिजन सकियाे भनेर लेखेको रहेछ अनि मलाई यो देखेर बडो हाँसो लाग्यो । मैले मनमनै सोचेँ, यसलाई, यो लेख्ने मान्छेलाई गएर सोध्नुपर्ने "हजुर कसरी बाँच्नुभएको छ ?" जस्तो लाग्यो । खास गरी त्यो सूचना चाहिँ अक्सिजन हाल्ने  सिलिन्डरको अभाव भएको सूचना थियाे । अनि मलाई यस्तो देखेर डर लाग्यो । साेचेँ, अब यस्तै सूचना आउने हो भने त मानिसहरू त यत्तिकै मानसिक पीडाले मर्छन् । अनि अहिले सामाजिक सञ्जालमा के आइरहेकाे छ भने भदौसम्म ४५ हजारजना मर्छन् रे । हे भगवान् ! कसरी थाहा भयो के यस्तो कुरा ? यदि थाहा पाउने भएको भए त कोरोना आइरको छ भनेर किन नभनेको त ? यदि त्यो भनेको भए पहिले नै सुरक्षित भइने थियो, हैन र ? कोरोना डरलाग्दो छ, म यो मान्छु तर जे पायाे त्यही खबर प्रकाशित गरेर झन् मान्छे मार्न खोजेको हो ? म के भन्न चाहन्छु भने कोरोना लागेको व्यक्तिलाई हामी प्रेरणा दिऊँ नकि तिनीहरूको हौसला कम गरौँ । हामी एक भएर लड्न सक्यौँ भने हामीले यो रोगलाई जित्न सक्छौँ । 

अब मानिसहरू घर बस्दा बस्दा वाक्क भइसकेका छन् । म के भन्छु भने हामी अब ती सबै विज्ञानले ल्याएका सुविधाहरू बन्द गरेर सबै काम आफैँ गरौँ र आफ्नो आत्मबल बलियो पारौँ । हामीले जे पायाे त्यही सूचनाहरू नहेरौँ तर चाहिने कुराहरू सबै माझ पुर्याउने कोसिस गरौँ । नानाथरीका सूचनाहरू पढेर हाम्रो मानसिकता नै बिग्रिसकेको छ । अब अलिकति रुघाखोकी लाग्दा पनि हामी तर्सेर कमजोर भइरहेका छौँ । हामीले योग गर्नुपर्छ अनि घर बस्दा सबै काम आफैँ गर्नुपर्छ । अहिले त हामी खाली छौँ त्यसैले सबै काम आफैँ गर्नुपर्छ र केही दिनका लागि हामीले विज्ञानले ल्याएका लुगा धुने मेसिनजस्ता समानहरू नचलाएर आफैँ धोऔँ अनि आफूलाई सक्केसम्म व्यस्त राखाैँ जसले गर्दा हाम्रो दिमागले नानाथरीका कुराहरू खेलाउन सक्दैन ।