Logo

Student Corner

कोरोनाको दोस्रो लहर

Written by: Niharika Shrestha - 2022022, Grade XI

Posted on: 18 May, 2021

हेर्दा हेर्दै कोरोनाले हाम्रो देशलाई फेरि रुवायो । एक वर्षअगाडि पनि विश्वव्यापी रूपमा नै कोरोना फैलिएको थियो । तर अहिले जस्तो असर गरेको भने थिएन । अहिले दैनिक करिब हजारको सङ्ख्यामा कोरोनाका सङ्क्रमितहरू थपिदैं गएका छन् । दिन प्रतिदिन सयौँ मानिसहरू अक्सिजन नपाएर मरिरहेका छन्।

अवस्था निकै जटिल बन्दै गएकाले देशमा पुनः लकडाउन गरिएकाे छ । अस्पतालहरूमा बेड छैनन् । अक्सिजनकाे अभावमा दैनिक २०० भन्दा धेरै व्यक्तिहरूले ज्यान गुमाइरहेका छन् । केही दिनअगि पि सी आर को नतिजा दिनमा करिब ५० प्रतिशत पोजिटिभ देखिएकाे थियो। अस्पतालमा बेडको कमी हुँदा कोरोनाका सङ्क्रमणले मानिसले ज्यान त गुमाए नै  अरू रोगको उपचार नपाएर पनि धेरै जनाले ज्यान गुमाउनु परेकाे तिताे यथार्थ कसरी बिर्सन सकिन्छ र ? हाल देशमा लकडाउन छ । लकडाउनले गर्दा हिजोआज कोरोना सङ्क्रमण महामारी केही हदसम्म नियन्त्रणमा आएको छ । यस महामारीमा विभिन्न विकसित देशले हाम्रो देशलाई केही स्वास्थ्य सामग्री तथा अक्सिजन सहयोग गरेका छन् । भारतबाट १० लाख र चीनबाट ८ लाख कोरोना भ्याक्सिन आएपछि १८ वर्ष माथिकाले यो भ्याक्सिन लगाएका छन्  । अमेरिकाले १० हजार पि. पि. इ. र किटका साथै, अन्य स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ। 

पहिलाे डाेज काेराेना भ्याक्सिन लगाएका मानिस हाल दाेस्राे डाेज लगाउने तयारीमा छन् । काेराेनासँग हार मानेर हाेइन मनाेबल उच्च पारेर यसलाई परास्त गर्नुपर्छ । यस्तो समयमा सकारात्मक सोच्नु राख्नुपर्छ ।  स्वास्थ्य सावधानी अपनाएर सुरक्षित बस्नुपर्दछ । पक्कै पनि हामीले सावधानी अपनाउने हो भने छिट्टै कोरोनालाई जित्न सक्छौं।