Logo

Student Corner

मानसिक चिन्ता

Written by: Binayak Kumar Mahato - 2022025, Grade XI

Posted on: 17 May, 2021

हामी सबैले कहिलेकाहीँ निराश वा उदास महसुस गर्छौँ । उदासीपन र निरस यस्तो भावना हो जुन टाढा जाँदैन । उदासी भावना व्यक्तिमा हप्तौँहप्ता बस्न सक्छ र यसले दैनिक गतिविधिहरूमा भाग लिनबाट व्यक्तिको क्षमतालाई हस्तक्षेप गर्दछ । मानसिक चिन्ताले मानसिक अवस्था, दृष्टिकोण, विचार र व्यवहारलाई असर गर्छ । यसले थकान, भोक हराउने, टाउको दुख्ने र निद्रा हराउने जस्तो समस्यालाई पनि निम्त्याउँछ । उदासी व्यक्तिले प्राय विश्वलाई नकारात्मक नजरले देख्दछन् । उनीहरुलाई कसैले प्रेम नगरेको र उनीहरू आफूलाई बेकारमा  बाँचिरहेको जस्तो महसुस गर्छन् । उनीहरूलाई कसैले वास्ता नगर्दा एक्लो महसुस गर्ने र उनीहरूमा  नकारात्मक काम गर्ने सोच आउँछ । 

एक्लोपनलाई मानसिक चिन्ताको मुख्य कारण मान्न सकिन्छ । जब मानिसलाई एक्लोपन महसुस हुन्छ उसको दिमाग र मनमा विभिन्न नचाहिने साेचाइ आउँछ । यस्तो बेलामा मृत्युको सोच पनि आउने गर्छ । तसर्थ हामीले कुनै व्यक्तिलाई एक्लो देख्यौँ भने  त्यस्ताे अवस्थामा उसको एक्लोपनको साथी बन्ने गरौँ । हाम्राे सानो सहयाेगले उसको दिमागमा रहेको नकारात्मक कुरा हट्न सक्छ । 

मानसिक तनाव भएको व्यक्तिलाई कसरी चिन्ने :

१.  गहिरो उदासी वा निराश महसुस

२.  ऊर्जाको अभाव

३.  चिन्ता र आतङ्ककाे अवस्था

४.  जीवन र संसारप्रति नकारात्मक विचार

५.  साथीहरू र परिवारबाट एक्लिएकाे महसुस

६.  आत्महत्या गर्ने विचार