Logo

Student Corner

प्रयाेगशालाका अविस्मरणीय क्षणहरू

Written by: Manisha Gurung - 2022030, Grade XI

Posted on: 16 May, 2021

दिन प्रतिदिन नयाँनयाँ कुराहरूकाे खाेजी र अनुसन्धान गर्नु आजकाे युगकाे आवश्यकता र विशेषता दुवै हाे। जब मान्छेले सभ्यताको युगमा कदम राख्याे, तब नवीन खाेज र आविष्कारहरू वृद्धि हुँदै गयाे । र त्यही खाेज र अनुसन्धानले आज विश्वकाे मुहार फेरिएकाे छ।

प्रयाेगशाला भन्नाले पदार्थविज्ञान, रसायनशास्त्र, जीवविज्ञान आदि विज्ञानविषयक तथ्यहरू पत्ता लगाउने र त्यस सम्बन्धमा नयाँ कुराहरू जान्न तथा बुझ्न गरिने प्रक्रिया वा परीक्षण हाे। म त्यही प्रयाेगशालामा रहेर विभिन्न कुराहरू उपयाेग गर्दाकाे स्मरण गर्दै छु । काँचका ठुलासाना सिसीहरू, विभिन्न जारहरू, रसायन तत्वहरू, विभिन्न किरा फट्याङ्ग्राहरू, मुसाहरू आदि इत्यादि । ती सबैलाई हेर्दा अनाैठाे लाग्थाे । त्याे प्रयाेगशालाका क्षणहरू साच्चै लाेभलाग्दाे र आन्नद हुन्थ्यो । म कुनै नयाँ औषधी निर्माण गदैछु जस्तो पनि लाग्थ्याे । म कहिले रसायनशास्त्रकाे निश्चित नतिजा निकाल्न आतुर हुन्थेँ त कहिले तताउँदै कुनै वस्तुको तापक्रम नाप्न उत्सुक हुन्थेँ । माइक्राेस्काेपबाट हेर्दा ती साना मसिना वस्तुहरू पनि ठुला देखिन्थे । अहाे ! अचम्म त्यसकारण पनि प्रयाेगशालाभित्र रहँदा मलाई म विज्ञानकाे विशाल भण्डारभित्र छु जस्तो लाग्थ्यो । 

कहिले कुनै नियमलाई उचित कसरी हुन्छ भनेर हेर्थेँ । कहिले रसायनहरूकाे सम्मिश्रण गर्न तम्सिन्थेँ । अझ गज्जबकाे कुरा कहिले ती  निश्चित विधि अपनाउँदा अपनाउँदै पनि हुनुपर्ने नतिजा आउँदैनथ्याे अनि हामी फेरि तछाड मछाड गर्थ्याैँ । कसले पहिला निकाल्ने भन्ने हाम्राे प्रतिस्पर्धा नै  हुन्थ्याे ।

जब साेचेकाे नतिजा आउँथ्याे तब, खुसी हुँदै कराउँदै  हामी शिक्षकलाई सुनाउँथ्याैँ। प्रयाेगशालाले हामी विद्यार्थीलाई प्रयाेगात्मक शिक्षा, राेमाञ्कताका साथै  कुतूहलता पनि उत्तिकै दिन्छ र यदि हामीले त्यसलाई सही ढङ्गबाट लिन सक्याैँ भने जीवनका धेरै प्रगतिका ढाेकाहरू खाेलिदिन्छन् ।