Written by: Samyam Shrestha - 2022012, Grade XI
Posted on: 12 May, 2021
“युद्ध सबै जनाको नराम्रो समय किन हुन्छ ? किन मान्छेहरु साथी भएर सहयोग गर्नेबाहेक किन यस्तो नराम्रो काम गर्छन् । जीवनमा यस्तो रमाइलो समय फेरि कहिले आउँछ ?"
आज मेरो महत्त्वपूर्ण दिन थियो । मेरा सबै जना कता हराए। किन सबै धमिलो देख्न थालेँ मलाई कसले थिचिरहेको छ ? मेरो जिउ मैले किन हल्लाउन नसकेको हो ?
के हो यस्तो धुलो ? सबै जना कता.… ? धुवाले गर्दा दम घुट त्यसैले सबैलाई बाहिर लैजानुपर्छ ।
“आमा, बुबा ! कता हुनुहुन्छ ?”
उसले आमा बुबालाई खोज्न लाग्छ तर बाहिर धेरै कुरा भएकाले उसले घर हेर्दाहेर्दै नै ढल्यो । घर ढल्नै लाग्दा उसले आत्तिएर आफ्नो घरको माथिल्लाे तलाबाट हाम फाल्यो । जब उसले बाहिर आफ्नो वरिपरिको ठाउँ हेर्यो । सबै घरहरु भत्केका थिए । जता हेरे पनि भत्केको ठाउँ, आकाशभरि धुँवा र मान्छेका शरीर भुइँमा लडिरहेका थिए । सबै कुरा जलेर राक भइसकेका थिए ।
"आमा, बुबा !!!!"
उसले आफ्नो घर ढलेको ठाउँमा खोज्न सुरु गऱ्याे । खोज्दा आकाशतिर हेऱ्याे र देख्यो फेरि अरू विमानको सेट उडेर आउदै थियो । उसको आँखामा डर थियो तर पनि आफ्नाे परिवारलाई खोज्न थाल्याे । केही समयपछि उसले दुई हात भेट्याे । उसको आमा , बुबाको शरीर भेट्न सकेन ।
"के हो यस्तो , हामीले नराम्रो गर्याैँ कि यस्तो किन भोग्नु परेको छ किन मेरो महत्त्पूर्ण दिनमै बिग्रेको सबै। किन ?"
“सबै सकियाे ।केही बाँकी छैन । किन म मात्र बाँकी हो। मलाई मात्रै यस्ताे दृश्य किन हेर्नु परेको हो ? आमाबुबा नि भेटिन। दुवै जना घरमुनि दबेकाे बचाउने कोही छैन। ”
“यस्तो जीवन कसरी बाँच्ने ? कोही छैन मेरो। ”
नजिकैको सिपाहीहरूले उसलाई देखे र बन्दुक उठाए तर हेर्दा उसलाई खतराको नाम लिएन । सिपाहीहरूले उसलाई उठाएर लगे । आफ्नो ठाउँमा लगेर उसको आशा जगाउन खोजे तर .….….….… ।
"मलाई यो जिन्दगी चाहिँदैन, मलाई एत्तिकै सकिदिनु । मेरो जिन्दगीमा केही उद्देश्य छैन। म बाँचेर पनि काम छैन । मेरो जीवन राम्रो थियो, त्यसैले मलाई केही अफसोस छैन , त्यसैले गोली चलाइदिनु।”
सिपाही आफ्नो बन्दुक उठाएर हान्न तयार भयो। र उसको अन्तिम इच्छा ?? तर उसले केही भनेन । केही आशा नभएको मान्छे जिउँदै मरेको जस्तै हो। उसको आँखामा केही बाँच्ने अवस्था थिएन। हेर्दै मर्न लागेको जस्तै थियो। उसले आफ्नो अगाडि देखेको घटना पचाउन सकेन र बच्ने आशा पनि शून्य थियो।
"के गर्ने अब मेरो जिन्दगीमा यस्तो हुन्छ भनेर कसले सोचेको थियो र ?। परिवार हुँदा रमाइलो थियो । अब योभन्दा खुसी कहिले पाउनु ? बरु यतिकैमा आफ्नो जिन्दगी अन्त्य .….….….…। मुस्कुराएर भन्यो, "म तयार छु । "
सिपाहीले उसलाई के गऱ्याे थाह छैन । जीवनमा धेरै नराम्रो समय छ । कुनै समय जिउँदै मर्ने खालको समय पनि हुन्छ । सकेसम्म हामी निडर भएर बाँच्नु पर्छ । जीवन एउटा रमाइलो समय हो । हामी खुसी भएर बाँच्नु पर्छ र बचाउनु पर्छ।