Logo

Student Corner

समयमा सुत्नु किन जरुरी छ ?

Written by: Darshan Mainali - 2022007, Grade XI

Posted on: 10 May, 2021

यस निषेधज्ञाको कारणले गर्दा संसारमा धेरै मानिसहरूको समयमा सुत्ने र समयमै उठ्ने बनी हराएको छ । मानिसहरूमा निद्रा पुगेन भने उनीहरूको शरीरमा सन्तुलन गर्ने शक्ति उपलब्ध हुँदैन । वैज्ञानिकहरूले खोज गर्दा किशोर र किशोरीहरूमा निद्राको कमी भएको पाइयो । ११ देखि १९ वर्षको उमेरका व्यक्तिलाई कमसेकम ८ देखि १० घण्टासम्मको निद्रा आवश्यक छ ।  

यदि हामीलाई निद्रा पुगेन भने हाम्रो शरीरका अङ्गहरू कमजोर हुँदै जान्छन्, केही कुरामा ध्यान दिन पनि साह्रै गाह्रो हुन्छ, दैनिक कार्य गर्न पनि कठिन हुन्छ । 

समयमै सुत्ने र समयमै उठ्ने गर्यौं भने हाम्रो मानसिक, भावनातमक र शारीरिक भागले राम्रो प्रदर्शन गर्न सक्छ । समयमै सुत्नाले सहने शक्ति र दिमागले काम गर्ने क्षमता पनि बढ्छन् । त्यसैले नै समयमा सुत्नु र समयमै उठ्नु जरुरी छ ।