Logo

Student Corner

कोरोनाको दोस्रो लहर

Written by: Ishu Shivakoti - 2022009, Grade XI

Posted on: 09 May, 2021

कोरोना भाइरसले नयाँ नयाँ रूप लिएर नेपालमा पनि तीव्रताका साथ प्रवेश गरिसक्यो। सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ भने मान्छेहरूको मृत्युको सङ्ख्या पनि बढिरहेको छ । सरकारले वैशाख १६ गते बिहीबार बिहान ६ बजेबाट  निषेधाज्ञा जारी गरेको छ । नेपाल सरकारले अहिले सबै मानिसहरूलाई आ-आफ्नो घरमा सुरक्षित बस्न आग्रह गरेको छ । सबै विद्यालय र कलेजहरू पनि बन्द भए । हाल अनलाइन कक्षा सञ्चालन सबै विद्यालयहरू र कलेजहरूले गरिरहेका छन् ।  

भारतमा नेपालमाभन्दा पनि भयानक स्थिति छ । त्यहाँ अहिले लाखाैँकाे सङ्ख्यामा सङ्क्रमित छन् । दैनिक हजाराैँ जनाले ज्यान गुमाइरहेका छन् । अहिले नयाँ भेरियन्टको भारइस निकै  कडा रहेको र यसले शरीरमा छिट्टै असर पारेका कारण दोस्रो लहरमा मृत्यु दर धेरै नै बढी देखिएको छ।  यो भाइरस मान्छेबाट मान्छेमा सर्छ ।  यसका लक्षणहरू धेरै छन् । सामान्य ज्वरो , रुघा खोकी लाग्यो  भने तुरुन्तै नजिकको स्वास्थ्य केन्द्र वा अस्पताल गएर पि सि आर टेस्ट गरिहाल्नुपर्छ।  श्वास प्रश्वासमा पनि समस्या आउँछ । ज्यान गल्ने , खानाको स्वाद नआउने , केही सामानको बास्ना नआउने आदि कोरोना राेगका  लक्षणहरू हुन् । 

यदि कसैलाई कोरोना लागिहाल्यो भने पनि बिल्कुल आत्तिनु हुँदैन । तुरुन्त अस्पताल जानुपर्छ । डाक्टरसँग सल्लाह लिनुपर्छ र डाक्टरले लेखिदिएकाे ‌ औषधी खानुपर्छ । डाक्टरकाे औषधीका अतिरिक्त घरायसी औषधी जस्तै: गुर्जो, जिरा पानी, तुलसी आदि पनि सेवन गर्नुपर्छ । होम आइसाेलेसनमा बस्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । राेगप्रतिराेधात्मक क्षमता बढाउन भिटामिनयुक्त खानेकुरा खानुपर्छ । तनाबबाट टाढा रहनुपर्छ । त्यसैले काेराेानाबाट बच्न  सामाजिक दुरी कायम गराैँ  ।  घरमै बसौँ , सुरक्षित रहौँ।