Logo

Student Corner

सङ्गीत

Written by: Ashwot Acharya - 2022021, Grade XI

Posted on: 06 May, 2021

सङ्गीत आज हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण अंश बन्न गएको छ । हामीले प्रत्येक दिन सुन्ने सङ्गीतले हाम्रो भावनालाई परिवर्तन गर्दछ । सङ्गीत मानिसहरूलाई एकजुट गर्ने एक शक्तिशाली औजार पनि भएको छ । उदाहरणका लागिः राष्ट्रगानले त्यस राष्ट्रका जनतालाई एकतामा बाँधेर एकताबद्ध बनाउँछ र जब हामी आफ्नो राष्ट्रगान सुन्छौँ, हामी त्यसमा गर्व गर्दछौँ । सङ्गीतले समाजमा पनि ठुलो भूमिका खेल्छ । समाजमा कुनै खेल, रमाइलो पार्टी आदि हुँदा हामी सङ्गीतको प्रयोग गर्छाैँ । यसले मानवीय सम्बन्ध बढाउँछ ।   

विभिन्न अनुसन्धानका अनुसार यो पत्ता लागेकाे छ कि सङ्गीत सुनेर हामीले राम्रो शिक्षा लिन सक्छाैँ । सङ्गीतले हाम्रो मस्तिष्कमा पनि ठुलो भूमिका खेल्छ । यसले हामीलाई धेरै कुरा सम्झिन मद्दत गर्छ, सम्झिने तागत बढाउँछ । सङ्गीतले मानिसका विविन्न चिन्ताहरू हटाउन सहयोग गर्छ । सङ्गीतले हाम्रो व्यक्तित्व देखाउँछ, अनुसन्धानका अनुसार हामी कसरी हाम्रो वरिपरिको संसारलाई बुझ्छौँ भन्ने कुरा सङ्गीतबाट प्रभावित हुन सक्छ ।

सङ्गीतले हाम्रो सम्झिने तागत बढाउँछ भन्दैमा गीत सुन्दै पद्छु भन्दा नराम्रो असर पनि पर्न सक्छ । शब्द भएको गीतले हाम्रो अध्ययनबाट ध्यान विचलित गर्न सक्छ । हरेक कुराको सीमा हुन्छ, जुन सङ्गीतमा पनि लागु हुन्छ । सङ्गीतले हाम्रो भावनामा फरक पार्छ । गीत सङ्गीत सुन्दा हामीलाई आनन्दको अनुभव हुन्छ । त्यति मात्र हैन सङ्गीतले हाम्रो थकाई मार्न पनि मद्दत गर्छ ।