Logo

Student Corner

तिम्रै लागि

Written by: Anukrama Paudel - 2022031, Grade XI

Posted on: 05 May, 2021

कोमल स्पर्श सम्झँदै 

आज म फेरि पनि आएकी छु,

तिम्रो त्यो हरेक पलको याद गर्दा गर्दै

तिमीसँग रमाएको समय प्रत्यक्ष्य  सम्झँदै

फेरि पनि आएकी छु ।

 

तिमी दयालु थियौ,

तिम्रो त्यो माया, ममता र शान्त स्वभाव

याद छ तिम्रो काखमा बसेर झुलेको

त्यो अमूल्य स्नेह सम्झँदै

आज म फेरि पनि आएकी छु ।

 

के लाग्छ तिमीलाई,‌ तिमीलाई छाडी जान्छु ?

जान्नँ म कहिले पनि जान्नँ,

कहिले हरिबहादुर, कहिले काले आएर 

तिमीलाई दु:ख दिए, चोट पुर्याए, 

मैले त्यस समयमा केही गर्न सकिनँ, 

तर तिम्रो नि:स्वार्थ ममता, माया सम्झँदै

आज म फेरि पनि आएकी छु ।