Logo

Student Corner

लकडाउन २

Written by: Adhit Upadhayay - 22003, Grade XI

Posted on: 03 May, 2021

अब घुम्छु, रमाइलो गर्छु भनी सोचमा डुबेको म

आजको समाचारले मलाई होसमा ल्यायो,

अब सबै ठिक हुन्छ भनी बसेको म

आज सङ्क्रमितको सङ्ख्या ७००० पुगिसक्यो ।

 

अब घुम्छु, रमाइलो गर्छु भनी सोचमा डुबेको म

आजको समाचारले मलाई होसमा ल्यायो

घरभित्र त्यही त्रासमा बस्नुपर्ने दिन फेरि आयो

समाचार सही हाे कि गलत थाहा छैन, 

तर यो समाचारले मलाई छर्लङ्गै पार्‍याे ।

 

सङ्ख्या ७००० भइसकेछ,

रमाइलो पलमा बेहोसिएको म

आजको समाचारले मलाई होसमा ल्यायो,

रमाइलो पलमा बेहोसिएको म

आजको समाचारले मलाई होसमा ल्यायो ।