Logo

Student Corner

के साँच्चै मानव विवेकशील प्राणी हाे त ?

Written by: Manisha Gurung - 2022030, Grade XI

Posted on: 02 May, 2021

के साँच्चै मानव विवेकशील प्राणी हाे त ? झट्ट हेर्दा के भनेकाे हाेला जस्तो लाग्न सक्छ तर यसमा गहिराे अध्ययनकाे आवश्यकता छ । लाग्छ, हामी विज्ञान र आधुनिक आविष्कारकाे तालमा भकुन्डे उफ्राइ उफ्रिरहेका छाैँ ।

 त्यसभन्दा पनि अझ भयानक त्रास याे छ कि त्यो भकुन्डाे जति बेला पनि फुट्न सक्छ, आजकाे मानव जीवन धरापमा भएजस्तै । हामी आधुनिक युग र प्रविधिमा यसरी पाेख्त भएका छाैँ कि विश्वकाे ताजा हावालाई प्रदूषणमा परिवर्तन गरिसक्याैँ । कति विवेकशील हामी अनि कति प्रकृतिप्रेमी ?

 सुन्छु, आविष्कारकर्ताहरू मङ्गल ग्रहमा बस्ती बसाउने तरखरमा छन् रे । अरे पृथ्वीजस्तै दूषित र अनेकौँ राेगव्याधले त्याे ग्रहलाई पनि भर्न कति आतुर अनि प्रतीक्षााविहीन अवस्थामा छाैँ हामी । याे पढिरहँदा कतिलाई लाग्न सक्छ यसलाई त आधुनिक उपलब्धिकाे नयाँ फड्काेकाे रूपमा स्विकार्नुपर्छ तर आधुनिक विकासकाे नाममा प्रकृतिलाई विनास गर्ने अधिकार कसले दियाे मानवलाई ? भाेलि त्यो ग्रह पनि आजकाे जस्तै प्रदूषण हुन सक्दैन र ? प्रविधि र विज्ञानलाई मात्र आविष्कारकाे स्वरूप देख्ने हाम्राे मनस्थितिमा प्रकृति र वातावरणबारे कसले साेच्ने ? त्यसकाे जिम्मा कसले लिने ? यही भूमिमा निलाे आकाशमुनिकाे स्वच्छ हावालाई खुला रूपमा लिन मिल्ने वातावरण फेरि बनाउन सक्दैनाैँ  र हामी ? 

दिन प्रतिदिन हाम्राे वायुमण्डल फाेहाेर अनि प्रदूषणकाे खानी हुँदै गइरहेकाे छ । विभिन्न राेगले मानव जीवन नै धरापमा परेकाे अवस्थामा छ । क्षणभरमा लाखौँ मानिस मरिरहेका छन् । अरे हामी छाती फुलाएर गर्वका साथ आफूलाई विवेकशील प्राणी भन्छाैँ तर मेराे एउटा सानाे प्रश्नकाे उत्तर दिन नसकेर अझै पनि चुप बस्ने ?