Logo

Student Corner

हाम्रा खराब बानीहरू

Written by: Aditya Majhi - 22004, Grade XI

Posted on: 28 April, 2021

हामी मानिसहरूसँग धेरै खराब बानीहरू हुन्छन् । जीवनमा मानिसले खराब बानीकै कारणले धेरै कुरा सिक्ने गर्दछ । यही खराब बानीले मानिसहरू जीवनमा खुसी वा दुखी हुन सक्छन् । थाेरै मात्रामा खराब बानी हुनुपर्छ, जसकाे कारण मानिसहरूलाई अनेकाैँ कुराहरू थाहा हुन्छन् । संसारभरका सबै मानिसमा कुनै न कुनै नराम्रो बानी हुन्छ, जस्तैः वैज्ञानिकहरूको खराब बानी हुन्छ, जसकाे कारण तिनीहरूमा विभिन्न विचारहरू आउँछन् । केही नयाँ काम गर्न हामीसँग खराब बानी हुनुपर्छ । व्यापारीहरूकै उदाहरण लिऊँ । तिनीहरू पैसा कमाउनकै लागि मानिसहरूलाई मुर्ख बानउने गर्दछन् । हरेक कुरालाई नकारात्मक तरिकाले हेर्ने, धुमपान गर्ने, धेरै टिभी हेर्ने आदि खराब बानीका उदाहरणहरू हुन् ।

अरूकाे आलाेचना गर्ने धेरेे मानिसहरूकाे खराब बानी हाे । यदि कुनै मान्छेकाे लुगा फोहोर छ भनी हामी त्याे मान्छे गरिब छ भन्ने मान्छाैँ । समय समयमा मानिसहरूले मेराे आलाेचना गर्छन् किनकि मेराे कपाल अरूकाे भन्दा फरक र लामाे छ । त्यसै कारण कसै कसैले पागल पनि भन्ने गर्दछन् । 

त्यसैले हामी यस्ता कुरालाई ध्यान नदिएर अगाडि बढ्नुपर्छ । सुनेको कुरा चाँडै पत्याउनु एउटा खराब बानी हाे, त्यसमाथि पनि खराब कुरामा सबैभन्दा छिटाे विश्वास गर्ने बानी झनै खराब बानी हाे ।