Logo

Student Corner

अनलाइन कक्षाको अनुभव

Written by: Niharika Shrestha - 2022022, Grade XI

Posted on: 27 April, 2021

संसारमा फैलिरहेको महामारीको कारण हामी सबैजनालाई निक्कै समस्या परिरहेको छ । कोही आफ्नो परिवारबाट टाढा हुनु परेको छ, कोहीले आफ्नो काम छोड्नु परिरहेको छ भने अरूले अन्य समस्याहरू भोग्नु परेको छ । नेपालमा पनि केही महिना लकडाउन भएको थियो । विद्यालयलगायत अरू सबै कार्यालयहरू बन्द गरिएका थिए तर बिचमा फेरि सबै खुलाइए । एक समय यस्तो पनि थियो जब मानिसहरू कोरोनादेखि डराउन छाडे । सबै चिज खुलिसकेका थिए तर मास्क चाहिँ सधैँ सबैको अनुहारमा हुन्थ्यो । अब फेरि त्यो समय फिर्ता आएको छ । मानिसहरूमा फेरि त्यो डर बढ्न थालेको छ । त्यसैले सरकारले विद्यालयहरू अनलाइनबाट हुने निर्णय गर्यो ।

जब मैले यो कुरा थाहा पाएँ, म खुसी पनि थिएँ तर साथसाथै निरास पनि थिएँ । विद्यालयमा बसेर पढ्दा शिक्षकले पढाएको निक्कै सजिलोसँग बुझिन्छ । साथीभाइहरूसँग पनि सँगै बसेर पढ्न पाइन्छ र पढाइको साथसाथै रमाइलो पनि गर्न पाइन्छ तर अनलाइन कक्षा हुँदा धेरै समस्याहरू भोग्नुपर्दछ । कहिले नेट जान सक्छ, कहिले बत्ती जान सक्छ र बुझ्न पनि अलि गाह्रो नै हुन्छ तर कहिलेकाहीँ मलाई मज्जा पनि लाग्छ । आफ्नै घरबाट कक्षा लिँदा आराम गर्दै पनि लिन पाइन्छ । विद्यालयमा जस्तै नियमहरूको पालन गर्नु पर्दैन र जीवनमा यसभन्दा पहिला कहिले अनुभव गर्न नपाएकाे कुरा पनि अहिले गर्न पाइएको छ । यो वर्षभन्दा पहिला सधैँ विद्यालय गएर पढ्नुपर्थ्यो, परीक्षा पनि भाैतिक उपस्थितिमा दिनुपर्थ्यो तर अहिले हामीले अनलाइनबाट परीक्षा दिने अनुभव पनि गर्न पायाैँ । पहिला पहिला 'जुम', 'गुगल मिट' जस्ता नामहरू सुनिएको पनि थिएन तर अहिले त्यसमै गएर पढ्नु परिरहेको छ । त्यसैले मलाई अनलाइनबाट पढ्न पनि निक्कै रमाइलो लगिररहेको छ । अनलाइन कक्षा हुँदा बिहान कलेज जानलाई जस्तो छिटो उठ्नु पनि पर्दैन तर कहिलेकाहीँ साथीहरू, शिक्षकहरू र मेरो कलेजको निक्कै याद आउँछ तर यही कुरा गाउँका विद्यार्थीहरूको बारेमा सोच्दा एकदमै दुख लाग्छ । हाम्रो लागि यहाँ रमाइलो छ तर त्यहाँ केही विद्यार्थीहरूका घरमा वाइफाई नहोला, अनलाइन कक्षा लिन ल्यापटप नहोला त्यसैले यो कोरोना छिट्टै समाप्त होस् र सबै फेरि पहिलाजस्तै होस् ।

अनलाइन कक्षाका निकै बेफाइदाहरू पनि छन् तर आहिले यस्तो महामारीको कारण यसबाहेक अरू केही उपाय नै छैन । त्यसैले अनलाइन कक्षा भए पनि राम्ररी यसको प्रयोग गर्नुपर्छ । हामीले यस्तो समयमा सकारात्मक सोच्नुपर्दछ र यो परिस्थितिको सामना गर्नुपर्छ ।