Logo

Student Corner

वातावरण प्रदूषणको गफ

Written by: Aashrab Khanal - 22001, Grade XI

Posted on: 25 April, 2021

आजको समयमा वातावरण र प्रदूषण भन्ने शब्दहरू सबैले सुनेका छन् । सामान्यतया  वातावरण भनेको जैविक र निर्जीव कुराहरूको  एकाई हो र  प्रदूषणको भनेको दुषित पार्ने अथवा खराब पार्ने काम हो । यसरी ‘वातावरण प्रदूषण’ भनेको हाम्रो वरिपरि भएका जैविक र निर्जीव कुराहरूको पतन हो । अहिले संसारमा वातावरण प्रदूषणको समस्या जटिल अवस्थामा पुगेको छ। 

वातावरण प्रदूषणभित्र विशाल दायराका कुराहरू पर्छन् । मान्छेको पहुँच जहाँ पुगेको छ, त्यहाँ प्रदूषण बढेको छ । जमिनदेखि अन्तरिक्षसम्म सबैतिर प्रदूषण बढेको छ । जहाँ मानिसहरू जान्छन् त्यहाँ प्रदूषण बढ्नु अपरिहार्य कुरा हो भन्ने हामी सबैतिर सुन्छौँ तर यो कुरामा केही सत्यता छैन । के सबै देशका मानिसहरू प्रदूषण बढाउन अन्तरिक्षमा पुगेका छन् ? धनीहरूमा आधाभन्दा अधिक कार्बन उत्पादन गर्ने मानिसहरू अमेरिका र युरोपियन युनियनका नागरिकहरू छन् । विश्वका धनी देशहरूले बढाएको प्रदूषणका कारण अविकसित देशहरूका गरिब मान्छेहरूलाई असर परिरहेको छ । संसारका धनी र ठुला देशहरू मिलेर वातावरण  प्रदूषणको नाममा गरिब देशहरूलाई झन गरिब बनाइरहेका छन् । आफ्नो गल्ती ढिलो देख्ने प्रवृत्तिका कारण वातावरण प्रदूषणले संसारका गरिब देशहरूलाई झनै बेफाइदा भएको छ । दिगो विकासको नाममा आज संसारका गरिब देशहरू औद्योगिक देश बन्न सकिरहेका छैनन् । वातावरण बचाउने नाममा मानिसहरूको नाजायज हत्या भइरहेको छ । दिगो विकास भन्ने कुरा पहिलेदेखि विकसित भएका देशहरूमा मात्र लागु गर्न सजिलो हुन्छ । अरूको गल्तीका नराम्रा परिणामहरू हामी किन भोग्ने भन्ने प्रश्न सबैले गर्नुपर्छ ।

आज धनी र विकसित देशहरू मिलेर विभिन्न सहमतिहरूको मद्दतबाट वातावरण बचाउने गफ सुनाउँदै गरिब मानिसहरूलाई झन् गरिब बनाइरहेका छन् । यो अप्रत्यक्ष सामूहिक हत्या हो भनेर हामी सबैले बुझ्नुपर्छ । यस्ता कुराहरूबाट टाढा रहेर मात्र हामी देशको विकास गर्न सक्छौँ ।