Logo

Student Corner

टिम वर्क

Written by: Arya Tharu - 22006, Grade XI

Posted on: 22 April, 2021

टिम वर्क टिम र वर्क दुईवटा शब्द मिलेर बनेको छ । सबैभन्दा सुरुमा टिम भनेको के हो ? सरल भाषामा टिम भनेको व्यक्ति व्यक्तिहरूको समूह हो र वर्क भनेको कुनै पनि काम हो । टिम वर्कको परिभाषा कुनै लक्ष्य प्राप्त गर्नका लागि व्यक्ति व्यक्तिहरूको समूहमा मिलिजुली काम गर्नु हो ।

टिमवर्क हरेक कुरामा महत्त्वपूर्ण हुन्छ । टिम वर्क खेलमा, व्यापारव्यवसायमा, पढाइमा, कार्यालयमा, अनुसन्धानमा आदि धेरै ठाँउमा प्रयोग हुन्छ । कुनै पनि काम सफल बनाउन टिम वर्कको ठुलो भूमिका रहेको हुन्छ । एक्लै कोही पनि सफल व्यक्ति बन्न सक्दैन । टिममा हुँदा नयाँ नयाँ विचारहरूको उत्पत्ति हुन्छ र त्यसलाई राम्रो ढङ्गले कार्यान्वयन गर्न मद्दत गर्छ । यसले दक्षता र उत्पादकतालाई बढाउँछ । यसले कामप्रति सन्तुष्टि पनि बढाउँछ । हामीले विभिन्न र नयाँ कुरा सिक्न पाउँछाैँ र एक अर्काको गल्तीबाट सिक्ने र सुधार गर्ने अवसर पाउँछाैँ ।

उदाहरणका लागि हामी सबैले प्रसिद्ध चलचित्र एभेन्जर्स इन्डगेम हेरेकै हाैँला । टिमवर्कको बारेमा त्यहाँ एउटा ठुलो पाठ छ जसमा हामी धेरैले ध्यान दिएनाैँ होला । यसमा हामी केवल टिम वर्क मात्र हैन, आफ्नो टोलीको मूल्य पनि हेर्न सक्छाैँ । एउटा टिम जहिले पनि एक व्यक्तिभन्दा ठुलो हुन्छ । जब व्यक्तिले आफ्नो अहङ्कारलाई पन्छाउँछ, एक अर्कालाई विश्वास गर्दछ र टोलीको रूपमा कार्य गर्दछ तब दुस्मन ब्रह्माण्डको सबैभन्दा शक्तिशाली भए पनि जित हासिल हुने निश्चित छ ।