Logo

Student Corner

आमा

Written by: Binaya Rijal - 22020, Grade XI

Posted on: 21 April, 2021

हरपल तिम्रो काखमा

म यसरी नै खेल्न पाऊँ,

तिम्रो ओठमा राेदन हैन आमा

सधैँ हाँसो देख्न पाऊँ ।

   

तिमीले दुःख गर्दाखेरि

साथ दिन पाऊँ,

तिमीसँग नाची नाची

दुखसुखमा साथ दिन पाऊँ ।

 

म बाँचुन्जेल सधैँ तिम्रो

पाउमा छुन पाऊँ,

तिमीसँगै हाँसी खेली आमा

तिम्रो माया सधैँ पाऊँ ।

 

तिमी रिसाउँछौ भने आमा

तिमीलाई खुसी बनाउन पाऊँ,

बिहानीको किरणसँगै

तिमीलाई नित्य पुज्न पाऊँ ।