Logo

Student Corner

नाटक

Written by: Manisha Gurung - 22030, Grade XI

Posted on: 19 April, 2021

भनिन्छ नाटक जीवन हाे तर जीवन नै नाटक हुँदाे हाे त हामीलाई जीवनकाे समय अर्थात् टुङ्गिने अवधि थाहा हुन्थ्यो हाेला, जसरी नाटककाे थाहा हुन्छ । कलाकारले अभिनय गर्दा निश्चित नियम, ताैरतरिका पुरा गर्नुपर्ने हुन्छ तर जीवन जिउन न कुनै नियम हुन्छ, न त कुनै कानुन । याे त निरन्तर आफ्नै शैलीमा चलिरहन्छ । तसर्थ नियालेर हेर्दा वास्तवमा नाटक जीवनकाे सारांश हाे, जहाँ जीवनकाे भाेगाइलाई समेटिएकाे हुन्छ । नाटक यस्तो विषय हाे जसकाे माध्यमबाट हामीले देखेका, सुनेका, भाेगेका अनि काल्पनिक पक्षलाई समेटेर घटना तयार पारिन्छ । चाहे त्यो घटना वास्तविक हाेस् या काल्पनिक, त्यसलाई कसरी र कुन ढङ्गबाट प्रस्तुत गर्ने भन्ने कुरा नाटक लेखक र निर्देशककाे हातमा हुन्छ ।

नेपालकाे सन्दर्भमा लिच्छवि काललाई नाटककाे स्वर्णिम काल मानिन्छ । पृथ्वीनारायण शाहकाे पालादेखि नेपाली नाटक क्षेत्र अझ फराकिलो भएको भन्ने विश्वास रहिआएको छ । चलचित्रभन्दा जीवन्त अभिनय हुने नाटक साँच्चिकै आजकाे दिनसम्म दर्शककाे मन जित्न सफल हुँदै आइरहेकाे छ । 

त्यस्तै एक नाटक जहाँ सिफल स्कुलका शिक्षकहरू र हामी पाँचजना विद्यार्थीहरू नाटककाे तयारीमा जुटिरहेका छाैँ ।