Logo

Student Corner

बिर्सिने जीवन

Written by: Samyam Shrestha - 22012, Grade XI

Posted on: 18 April, 2021

सबैजना रमाइलो मनाउँदा सुरेश दु:खमा रहन्थ्याे । "के गराैँ, को हुन् तिनीहरू ? केही याद छैन । मेरा साथी भन्छन् तर हो कि होइन थाहा भएन।"  जति सोचे पनि को हुन् भन्ने याद नै गर्न सकिरहेकाे छैनँ । सुरेश जहिले तनाब लिएर बस्थ्याे । उसलाई सबैले चिन्छन्, तर उसले मात्र चिन्दैन । सुरेशलाई डर लग्थ्याे, सबैजना आएर भेट्दा । सबैबाट टाढा बस्थ्याे । सबै उसलाई जिस्काउँथे र हेप्थे तर के गर्ने ? बिचरा सुरेशको याद गर्ने क्षमता अति थोरै छ । 

यस्तो जीवन कसलाई जिउन मन लाग्छ र ? हरेक नयाँ दिनमा आफूले गरेका सबै कुरा बिर्सिने । सुरेशलाई कहिलेकाहीँ आफू को हुँ पनि थाहा हुँदैन । यो सबै गुण उसको हजुरबाबाट उसमा आएको हो तर उसको हजुरबामा उसमा भन्दा धेरै याे गुण थियाे ।  सुरेश सोच्दै बस्थ्याे "किन यस्तो भएको ?" सुरेशले एक पटक आत्महत्याको प्रयास पनि गर्यो तर सफल भएन । सबै शिक्षकले भन्थे, "जति पढे पनि तिम्रो यस्तो चाला किन हो ?" अनि शिक्षकहरू उसलाई पिट्न सुरु गर्थे । उसको समस्या सुन्दा शिक्षकहरू हाँस्थे । कुनै शिक्षकले झुटो बोल्छस् ? भनेर कुट्न सुरु गर्थे । ऊ पुरै निराशामा जिन्दगी बिताउँथ्याे । 

कसैले उसको हेरचाह गर्दैनथ्याे र कसैले वास्ता पनि गर्दैनथ्याे । ऊ एक्लै डरले रुँदै थियाे । एक दिन अचानक एउटी केटीले उसको अगाडि आएर उसको आँसु पुछ्दै सोधिन्,"किन रुँदै बसेकाे ? सबैलाई इग्नोर हान । तिमी मात्रै एक्लै छैनौ, म पनि तिमीसँगै छु । केटीले उसलाई एउटा आशाको किरण देखाइन् । पछि उनले सुरेशको कठिन समयमा धेरै सहयोग गरिन् । सबैजनाले पछि सुरेशलाई जिस्काउन छाेडे तर उसलाई ती केटीको नाम केही थाहा थिएन । अर्को दिन सोद्छु उठेर ती केटी जहिले हुने ठाउँमा गयो तर जहिले हुने केटी आज थिइनन् । कता हराइन् थाहा भएन । सुरेशले पुरै दिन पर्खियो तर उनलाई देखेन । अर्को दिन सुरेशलाई एउटा ठुलो कम्पनीबाट आमन्त्रण आयो । ऊ धेरै खुसी भयो र पछि गएर ठुलो व्यापारी बन्यो । उसको नाम जता पनि चल्थ्याे तर उसलाई दुख थियाे कि उसले ती केटीलाई भेट्न सकेन ।

 एक दिन उसले बाटामा एउटा बच्चालाई देख्यो । त्याे बच्चा भुईंमा खसेकाे खाने कुरा टिप्दै थियाे र याे देखेर उसलाई दुख लाग्यो । पछि उसले त्यो बच्चाको जीवन बनाइदिन्छु भनेर उसको घरमा लग्न लागेको थियाे । त्यो बच्चाले एउटा मध्यम उमेरकी केटीकहाँ लग्यो । त्यहाँ सुरेशले बच्चा बेलामा भेटेकी केटी देख्यो । सुरेशको आँखामा पुरै आँसु आयो र केटीले पनि देख्नेबित्तिकै चिनिन् । सुरेशले ती केटीलाई घर लगेर हेरचाह गर्यो । केटीले खुसीले रुँदै भनिन्, "धेरै धन्यवाद !" र सुरेश फर्केर भन्यो, "तिमीले मलाई बच्चा हुँदा ती शब्दहरू नभनेको भए म अहिलेसम्म मरिसकेको हुन्थेँ । तिमीलाई पो मैले धन्यवाद दिनु पर्ने ।" दुवै जनाले रुँदै एक अर्कालाई सोधे " तिम्रो नाम -- ?"  दुवै जनाले हाँस्दै आफ्ना नामहरू भने ।  

 केटीकाे नाम भन्नेबित्तिकै केटीको जीवन अन्तिम समयमा पुग्यो । सुरेशले कति पछि भेटेकी केटी उसकै अगाडि स्वर्ग गइन् । सुरेश रुँदै करायो, "किन यस्तो ! किन ! किन !" र उसले आफ्नो टाउको भित्तामा ठोक्न सुरु गर्यो । उसले एउटा कुरा महसुस गर्यो, "जीवन कहिले रमाइलो छैन र हुँदैन पनि !" भन्दै ऊ आफ्नो भविष्य राम्रो बनाउनतिर लाग्यो । उसले धेरै बच्चा र मान्छेलाई दुखको समयमा धेरै सहयोग गर्यो र उसले सामाजिक सेवातिर धेरै पैसा लगानी गरेर धेरै बच्चाहरूकाे भविष्य राम्रो बनायाे ।