Logo

Student Corner

अनुशासन

Written by: Anmol Baral - 21137, Grade XII

Posted on: 12 April, 2021

अनुशासन एक गुण हो जसद्वारा व्यक्तिले आफ्ना व्यवहार र भावनाहरूलाई नियन्त्रण गर्न सिक्छ । जीवनको हरेक पलमा अनुशासन अपरिहार्य छ । यसले व्यक्तिलाई जीवनमा सफलता प्राप्त गर्न र प्रगति गर्न प्रेरित गर्दछ ।

 हामीले स्कुल, घर, कार्यालय, खेल मैदान, रणभूमि वा अन्य स्थानमा अनुशासनको पालना गर्नुपर्दछ । अनुशासनले हामीलाई व्यवहारिक र जिम्मेवार बनाउँछ । यसले हामीलाई आत्मसञ्चालित, आत्मनियन्त्रित र आत्मनिर्देशित व्यक्ति बनाउँछ । यसले हामीलाई जिम्मेवार व्यक्ति बनाउँछ । अनुशासनलले एक व्यक्तिलाई सफल पार्नको लागि प्रेरित गर्न र उसको जीवनमा प्रगति गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

अनुशासनले एक व्यक्तिको चरित्र बनाउँछ । अनुशासनको पलना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा पाउँछ । अनुशासनको क्षेत्र ज्यादै फराकिलो छ । घरपरिवारदेखि लिएर समाज, धर्म, संस्कृति, राजनीति आदि सबै क्षेत्रमा अनुशासन आवश्यक पर्छ । अनुशासन सामाजिक जीवनको एक अत्यावश्यक गुण हो । अनुशासनबिना समाजमा अराजकता देखा पर्छ र यसले मानिसको सामाजिक जीवनलाई दयनीय बनाउँछ । सफलताका लागि अनुशासन सिँढी हो। अनुशासित व्यक्ति संसारमा पुजिन्छ । अनुशसानले एउटा मानिसलाई अर्को मानिसको चरित्रलाई चिनाउने काम गर्छ । 

अनुशासन नै कुनै पनि व्यक्तिकाे पहिचानकाे आधार हाे र अनुशासित व्यक्तिले नै समाजमा सकारात्मक प्रभाव छोड्छन्।