Logo

Student Corner

पशु दुर्व्यवहार र क्रूरता

Written by: Kripa Humagain - 21110, Grade XII

Posted on: 11 April, 2021

आखिर किन ? किन दुर्व्यवहारित हुँदै छन् पशु ? किन कुनै मानिस जनावरलाई क्रूर लाग्छ ? पशु क्रूरतालाई कुनै पनि जानेबुझेर दोहोर्याइएको व्यवहारको रूपमा परिभाषित गरिन्छ जसले जनावरहरूमा शारीरिक वा मनोवैज्ञानिक समस्या निम्त्याउँछ, साथसाथै अनावश्यक पीडा, कष्ट वा कुनै जनावरको मृत्यु पनि निम्त्याउँछ ।  

कुकुर, बिराला, कुखुरा र घोडा सबैभन्दा बढी दुर्व्यवहारित हुने जनावरहरू हुन् । कुकुर र बिरालाहरूमाथि हुने क्रूरताको समाचार धेरै सुनिन्छ तर कुखुराहरूमाथि हुने क्रूरताबारेकाे कुरा सूचीमा आउने गर्दैन । जसले मासु, अण्डा र दुध प्रदान गर्दछन्, तिनै जनावरहरूले सबैभन्दा बढी क्रूरता भोग्नुपर्छ । यो बन्द ढोकापछाडि फार्महरूमा हुन्छ जुन सार्वजनिक रूपमा देखिँदैन र यो सबै कानुनी रूपमा हुन्छ । सर्कस, चिडियाखाना, एक्वाटिक थिम पार्क र अन्य ठाउँहरूले मनोरञ्जनको नाममा जनावरहरूको शोषण गर्छन् । भिडले देख्न सक्दैन कि जनावरहरूलाई जबरजस्ती अधीनमा राखिएको छ, सानो पिँजरामा राखिएको छ र के हामीलाई थाहा छ सर्कसमा भएका ९६ प्रतिशत जनावरको जीवन एउटा सानो पिँजरामा बित्छ ? चिडियाखाना, जसलाई प्राय समुदायमा सकरात्मक योगदानकर्ताको रूपमा हेरिन्छ, लाई जनावर क्रूरताको साथ जोड्न सकिन्छ । त्यहाँ जनावरहरूलाई संरक्षण गर्ने बहानामा तिनीहरूलाई एउटा सानो पिँजरामा राखिन्छ जसमा उनीहरूले आफ्नो सारा जिन्दगी बिताउनुपर्छ । पशु अधिकार कहाँ छ ? पशु क्रूरताको कुनै कारण छैन । कोही मानिसहरू विश्वास गर्छन् कि मानिस जाति पृथ्वीमा एक मात्र जीव हो जसले पीडा, डर, उदासिनता, आनन्द, निराशा र आशा महसुस गर्न सक्छ । ती मानिसहरू गलत छन् । हरेक जीवमा भावना हुन्छ अनि हामी तिनीहरूकाे त्यही भावानासँग खेल्दै छाैँ ।  

 जनावरहरू भावनात्मक प्राणीहरू हुन्, जाे हाम्रो सम्मान र सुरक्षाको योग्य छन् । तिनीहरू मानवप्रति आक्रामक बन्दैनन्, जबसम्म उनीहरूलाई डर देखाइँदैन । जनावर क्रूरता रोक्न आवश्यक छ । जनावरहरूलाई हाम्रो सहयोग चाहिन्छ । तिनीहरू आफैँले पशु क्रूरताको अन्त्य गर्न सक्दैनन् ।