Logo

Student Corner

काठमाडौँको वायु प्रदूषण

Written by: Spandan Bhattarai - 21127, Grade XII

Posted on: 08 April, 2021

नेपालमा डढेलोले मध्य नेपालको आकाशलाई धमिलो दिनमा परिवर्तन गरेको छ । गत महिनामा मात्र देशभरि करिब ६० जिल्लाहरूमा ५०० भन्दा बढी वनमा आगलागी भएको छ । महोत्तरीदेखि मनाङसम्म नेपालको वनजङ्गल निरन्तर जलिरहेको छ । ७७ जिल्लामध्ये ७३ जिल्लाको वनजङ्गलमा आगो लागेको छ ।

नतिजा स्वरूप, बाक्लो  धुवाँले मध्य नेपालको प्रमुख भागलाई समेट्यो, जसका कारण यस क्षेत्रका प्रमुख सहरहरूमा हावाको गुणस्तर दिन प्रतिदिन खराब हुँदै गइरहेको छ । काठमाडौँमा वायु गुणस्तर सूचीका अनुसार ३०० भन्दा बढी पुगेको छ भने पोखरा, वीरगन्ज, हेटौँडा र बुटवल जस्ता सहरहरूले गत साताको नियमित आधारमा २०० भन्दा बढी एक्युआई अङ्क देखेका छन् । गत हप्तामा यी सबै सहरहरूमा एक्युआईले ४०० को अङ्कलाई पनि पार गरिसकेको छ, केहीमा ६०० सम्म पुग्ने क्रममा छ, जुन गम्भीर प्रदूषित वर्ग अन्तर्गत आउँछ ।

वर्षाको अभाव, वनमा लागेकाे अनियन्त्रित आगो, सवारी र औद्योगिक प्रदूषणले गर्दा हावाको गुणस्तर कम भएको प्रमुख कारणको रूपमा लिन सकिन्छ । यसले घरेलु र अन्तर्राष्ट्रिय दुवै उडानहरूका साथसाथै व्यक्तिको सामान्य स्वास्थ्यलाई पनि असर गरेको छ । दम, क्राेनिक ब्रोन्काइटिस र एम्फाइसेमा जस्ता श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरू, साना बच्चाहरू साथसाथै बाहिर काम गर्ने मानिसहरूलाई वायु प्रदूषणको खतरा बढी हुन्छ ।‌ प्रदूषणको मुख्य कारण नेपालभरि लागिरहेको डढेलो हो । गत ५ महिनादेखि नेपालमा २,००० भन्दा बढी वनमा आगो लागेको छ । यो केन्द्रीय नेपालमा मात्र सीमित छैन ।